बिर्तामोड। झापाका युवा उद्यमीद्वय स्मृति ढकाल र अरूण उप्रेतीले बिर्तामोडमा कङ्गारू मोबाइल जोन सञ्चालनमा ल्याएका छन्।
  वैदेशिक रोजगारको शिलशिलामा अस्ट्रेलियामा रहेर विगत सात वर्षदेखि कङ्गारू मोबाइल जोन सञ्चालनमा ल्याएका उनीहरुले स्वदेशमै सेवा विस्तार गर्दै अस्ट्रेलिया जस्तै बिर्तामोडबाटै गुणस्तरीय, भरपर्दो र ग्राहकमैत्री सेवा प्रदान गर्न बिर्तामोडमा कङ्गारू मोबाइल जोन सञ्चालनमा ल्याएको सञ्चालक अरूण उप्रेतीले बताए।
   बिर्तामोड वनस्टप मलमा आगामी असार ३ गतेदेखि कङ्गारू मोबाइल जोन सञ्चालनमा ल्याउन लागेको सञ्चालक स्मृति ढकालले बताइन्।
  अस्ट्रेलियाका विभिन्न स्थानमा १६ वटा स्टल सञ्चालनमा ल्याएको बताउँदै उनले अस्ट्रेलियामा बिजनेस गर्दा सिकेको सिपलाई व्यवहारमा ल्याएर बिर्तामोड वनस्टप मलमा कङ्गारू मोबाइल जोन सञ्चालन गरेको उनको भनाई छ।   अष्ट्रेलियामा रहँदा मोवाइल सम्वन्धी सीप, ज्ञान र व्यावसायिक अनुभव आर्जन गरी मातृभूमिमै त्यसलाई उपयोग गर्ने लक्ष्यसहित बिर्तामोडमा सेवा विस्तारको पहल गरेको उनले बताइन्।
  मोबाइल प्रविधि तथा व्यावसायिक सेवाको क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभवसहित स्वदेशमै स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफूहरूले बिर्तामोडमा ग्राहकहरूलाई सन्तुष्ट बनाउने सञ्चालक अरूण उप्रेतीले बताए।  
   उनले भने - हामीले अष्ट्रेलियामा सञ्चालन गर्दै आएको "कङ्गारु मोबाइल जोन" को सेवा अवधारणालाई स्वदेशमै विस्तार गर्दै उस्तै गुणस्तरीय, भरपर्दो र ग्राहकमैत्री सेवा प्रदान गर्ने योजना बनाएका छौ। हाम्रो उद्देश्य केवल व्यापार मात्र नभई मोवाइल प्रविधिसम्वन्धी सीप विकासमा समेत योगदान पुन्याउनु हो ।
आफूहरूले विदेश जान चाहने तथा  स्वदेशमै मोबाइल सीप सिक्ने  युवालाई आवश्यक सीप, तालिम तथा व्यवहारिक ज्ञान प्रदान गर्दै उनीहरुलाई सक्षम बनाउने उनको भनाई छ ।
  "कङ्गारु मोवाइल जोन" मा नयाँ तथा ब्रान्डेड मोवाइल फोनहरु , ग्यारेन्टीसहित प्रयोग गरिएका मोबाइलहरु ,मोवाइलका व्रान्डेड एक्सेसरिजहरु ,मोवाइल मर्मत तथा प्राविधिक तालिम सेवा ,सरल, सुलभ र ग्राहकमैत्री मूल्य नीति उपलब्ध रहेको सञ्चालक स्मृति ढकालले बताइन्। कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मी उप्रेतीले गरेका थिए।