बिर्तामोड। बिर्तामोडमा भएको रोजगार मेलामा एक सय ६४ जनाले रोजगार पाएका छन् ।
   बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा बिर्तामोडस्थित अतिथी सदनमा सञ्चालन भएको  दुई दिवसीय रोजगार मेलामा एक सय ६४ जनाले रोजगार पाएका हुन् ।
रोजगार मेलामा रहेको बिभिन्न रोजगार दाताको स्टलमा  २ हजार ८ सय ७१ जनाले अवलोकन गरेकोमा एक हजार ७६  जनालाई रोजगार पाउने सर्टलिष्टमा छनौट भएर एक सय ६४ जनाले रोजगार पाएको सहजकर्ता सेवक बजगाँईले बताए।
 बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका विशिष्ट सदस्य निर्मल भट्टराईलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
 कार्यक्रममा रोजगार मेलामा सहयोग गर्ने स्वयम्सेवक र रोजगार दातालाई कदर पत्र प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन बिर्तामोड नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले गरेको रोजगार शाखा प्रमुख होमनाथ भट्टराईले जानकारी दिए।