बिर्तामोड। उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले केआईईसी बिर्तामोड शाखाले केआईईसी रोड सो कार्यक्रम सम्पन्न गरेको छ।
   रोड सो अन्तर्गत अस्ट्रेलिया, युके, न्युजिल्यान्ड, क्यानडा, अमेरिका, युरोप,कोरियालगायतका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गरेको केआईईसी बिर्तामोड शाखाका सञ्चालक सुमन उप्रेतीले जानकारी दिए।
   कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई ती देशको रहनसहन, कलेज तथा युनीभर्सिटीमा चाहिने कागजात, बिषय छनौट, शुल्क, छात्रवृत्तिलगायतका बिषयमा परामर्श प्रदान गरिएको थियो।
   रोड शोमा सहभागी विद्यार्थीहरुले आईएलटिस र पीटीईको तयारी कक्षा लिन चाहेमा केआईईसी बिर्तामोड शाखाले ५० प्रतिशत छुटको व्यवस्था गरेको केआईईसी बिर्तामोड शाखाका सञ्चालक सुमन उप्रेतीले जानकारी दिए।
   केआईईसी बिर्तामोड शाखाबाट शुरू गरिएको केआईईसी रोड सो देशका विभिन्न केआईईसी शाखाहरूमा समेत सञ्चालन गरिने उनले बताए।