बिर्तामोड । अब नयाँ टीभीएस जुपिटर स्कुटर खरिद गर्ने ग्राहकले ९ महिनासम्मका लागि निःशुल्क पेट्रोल प्राप्त गर्ने भएका छन्।    नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ‘अल न्यु टीभीएस जुपिटर बीएस–६’ का लागि नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेसंगै नयाँ टीभीएस जुपिटर खरिद गर्ने ग्राहकले ९ महिनासम्मका लागि निःशुल्क पेट्रोल प्राप्त गर्ने भएका हुन्।
   दैनिक यात्रामा बढ्दो पेट्रोल खर्चको चिन्तालाई सम्बोधन गर्ने उद्देश्यले कम्पनीले पेट्रोलको टेन्सन ? अब टीभीएस जुपिटर सोलुसन भन्ने मुख्य सन्देशसहित यो आकर्षक योजना ल्याएको टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता पाथीभरा अटो लिंक बिर्तामोडकी सञ्चालक लुना वस्नेतले बताइन्।
  नयाँ टीभीएस जुपिटर खरिद गर्ने ग्राहकले ९ महिनासम्मका लागि निःशुल्क पेट्रोल प्राप्त गर्ने बताउँदै उनले  दैनिक प्रयोगका लागि किफायती र भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरिएको टीभीएस जुपिटरले ६० किलोमिटर प्रतिलिटर माइलेज दिने  बताइन्।
   उत्कृष्ट माइलेज, आरामदायी राइडिङ अनुभव र आधुनिक डिजाइनका कारण टीभीएस जुपिटर स्कुटर नेपाली बजारमा लोकप्रिय बन्दै गएको  उनको भनाई छ ।   ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै कम्पनीले मात्र २ हजार ८ सय ९९ रुपैयाँ मासिक किस्तामा टीभीएस जुपिटर स्कुटर उपलब्ध गराउने वित्तीय सुविधा समेत ल्याएको उनको भनाई छ ।
 जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले जगदम्बा मोटर्सले सधैं नेपाली ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यावहारिक र मूल्यवान सेवाहरू उपलब्ध गराउँदै आएको बताए ।
   हाल पेट्रोल खर्च धेरै ग्राहकका लागि दैनिक चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले टीभीएस जुपिटरको उत्कृष्ट माइलेज र सहज फाइनान्सिङ सुविधामार्फत ग्राहकलाई राहत र विश्वास दिन यो योजना ल्याइएको बताए ।
   आधुनिक नेपाली परिवार, कार्यालय जाने कर्मचारी तथा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त मानिएको टीभीएस जुपिटरमा लाइफटाइम वारेन्टीको सुविधा समेत उपलब्ध रहेको कम्पनिले जनाएको  छ ।
स्टाइलिस लुक्स र भरपर्दो कार्यक्षमता भएको टीभीएस जुपिटर  स्कुटरले दैनिक यात्रालाई सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।
यो विशेष अफर नेपालभर रहेका आधिकारिक टीभीएस शोरुमहरूमा सीमित अवधिका लागि मात्र उपलब्ध हुने बताउँदै   पाथीभरा अटो लिंककी सञ्चालक लुना वस्नेतले  यो विशेष अफर टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता  पाथीभरा अटो लिंक बिर्तामोडमा समेत उपलब्ध हुने भएकाले मौकाको फाइदा लिन सबैलाई आग्रह गरिन्।