बिर्तामोड। बिर्तामोड नगरपालिकाको आयोजना तथा अर्चना व्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर बिर्तामोडको प्राविधिक सहयोगमा बेसिक टु डिप्लोमा मेकअप तालिम सम्पन्न भएको छ।
   तालिममा बिर्तामोड नगरपालिकाका बिभिन्न वडाका ६ जनाको सहभागिता रहेको थियो।
तालिममा सहभागीलाई अर्चना व्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर बिर्तामोडकी सञ्चालक अर्चना बुढाथोकीले मेकअप सम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन्।
यसैबीच बेसिक टु डिप्लोमा मेकअप तालिम एक कार्यक्रमबीच समापन भएको छ।
अर्चना व्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर बिर्तामोडकी सञ्चालक अर्चना बुढाथोकीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी गोमा तिम्सिनाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
   कार्यक्रममा प्रशिक्षार्थी सीमा योङ्याले तालिम फलदायी भएको बताउँदै यस तालिमले आफूहरूलाई स्वरोजगार बनाउन मद्दत पुग्ने जनाइन्। 
  कार्यक्रममा प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद   संग्रौला,विशिष्ट अतिथी बिर्तामोड नगरपालिकाका जिन्सी शाखा प्रमुख  तथा बिर्तामोड  साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला लगायतले तालिममा सिकेको सीप व्यवहारमा उतारेर स्वरोजगार बन्न सहभागीलाई आग्रह गरेका थिए।
कार्यक्रमको सञ्चालन बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए।