बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०२६ \ ०२७ को लागि प्रेसिडेन्टमा होम कार्की चयन भएका छन् । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०२६ \ ०२७ को लागि प्रेसिडेन्टमा चयन भएका कार्कीले जुलाई १ तारिकदेखि कार्यभार सम्हालेका हुन् ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको इमिडेट पास्ट प्रेसिडेन्टमा पुष्पाञ्जलि सिन्हा ठकुरी , प्रेसिडेन्ट इलेक्टमा तुलसी मिश्र , प्रेसिडेन्ट नोमिनीमा सुजित वंशल , भाइस प्रेसिडेन्टमा रोषन बसढाथोकी , सेक्रेटरीमा कोमल धानुका , ज्वाइन्ट सेक्रेटरीमा सन्नी गोयल , एक्जुकेटीभ सेक्रेटरीमा सञ्जय अग्रपाल , ट्रेजररमा जितेश अग्रवाल, ज्वाइन्ट ट्रेजररमा सृजना थापा, क्लब एडमिन कमिटी चेयरमा जीपी पाण्डे , सर्भिस प्रोजेक्ट चेयरमा रत्ना बुढाथोकी , मेम्वरसीप चेयरमा राजीव जैन, पब्लिक इमेज चेयरमा अर्पणा शर्मा, टीआरएफ चेयरमा शारदा रिजाल, सर्जेन्ट एट आम्समा चन्द्रप्रकाश वाँस्कोटा, , टीच कोअर्डिनेटरमा अग्नी सापकोटा अनिल चयन भएका छन् ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा चयन भएका कार्कीले सबैको साथ र सहयोग पाएमा आफ्नो एक वर्षे कार्यकाल उत्कृष्ट बनाउने बताए ।




















