बिर्तामोड।  नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सार्वजनिक  गरेको टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु  झापाको बिर्तामोडस्थित पाथीभरा अटोलिंकमा सार्वजनिक गरिएको छ।
  जगदम्बा मोटर्स कम्पनीका नेशनल सेल्स हेड  हरी न्यौपाने, रिजनल म्यानेजर अमृतकुमार चौहान, पाथीभरा अटोलिंककी म्यानेजिङ डाइरेक्टर लुना बस्नेत, सञ्चालकहरू सजेश शिवाकोटी, याम कार्की, विपिन बस्नेतलगायतले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु  सार्वजनिक गरेका थिए।
  टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको यसअघि बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित कार्यक्रममा  जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले सार्वजनिक गरेका थिए।
युवा राइडरहरूको रोजाइमा पर्दै आएको टीभीएस एनटर्क लाइनअपमा यो नयाँ कलर भेरिएन्टले थप आकर्षण, स्पोर्टीनेस र बोल्डनेस थपेको कम्पनीका रिजनल म्यानेजर अमृतकुमार चौहानले बताए
   टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु विशेष गरी स्टाइल, पर्फमेन्स र दैनिक प्रयोगलाई एउटै प्याकेजमा खोज्ने युवा राइडरहरूका लागि तयार गरिएको स्कुटर भएको बताउँदै उनले स्कुटरको आकर्षक ब्लेज ब्लु कलर, स्पोर्टी ग्राफिक्स, धारिलो डिजाइन र आत्मविश्वासी रोड प्रेजेन्सले स्कुटरलाई अझै दमदार र फरक बनाएको जनाए ।
  टीभीएस एनटर्क १२५ रेस एक्सपीले लामो समयदेखि आफ्नो बोल्ड डिजाइन, पावरफुल क्यारेक्टर र टीभीएस रेसिङको पर्फमेन्स डिएनएका कारण युवा राइडरहरूबीच छुट्टै पहिचान बनाउँदै आएको बताउँदै उनले नयाँ ब्लेज ब्लु एडिसनले यही पहिचानलाई अझ बलियो बनाउँदै स्कुटरलाई अझ अभिव्यक्त, एनर्जेटिक र रोडमा नोटिस हुने बनाएको जनाए ।
  यस स्कुटरले ५० किलोमिटर टेस्टेड माइलेज र लाइफटाइम वारेन्टी एस्योरेन्स जस्ता महत्त्वपूर्ण विशेषताहरु पनि प्रदान गर्दै यस विशेषताहरूले ग्राहकलाई पर्फमेन्ससँगै विश्वसनीयता, बचत र दीर्घकालीन स्वामित्वको आत्मविश्वास दिने जगदम्बा मोटर्सको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीका नेशनल सेल्स हेड  हरी न्यौपानेले बताए  

टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु  राइडमार्फत अलग देखिन चाहने राइडरहरूका लागि निकै आकर्षक हुने उनको भनाई छ। यसको मूल्य ३ लाख ३४ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
  टीभीएसको आधिकारिक डिलर बिर्तामोडस्थित पाथीभरा अटोलिंकमा आएर  टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको विशेषता, उपलब्धता र स्वामित्व लाभबारे  जानकारी प्राप्त गर्न पाथीभरा अटोलिंककी म्यानेजिङ डाइरेक्टर लुना बस्नेतले सबैलाई आग्रह गरिन्।

  पाथीभरा अटोलिंककी म्यानेजिङ डाइरेक्टर लुना बस्नेतको अध्यक्षता तथा जगदम्बा मोटर्स कम्पनीका नेशनल सेल्स हेड  हरी न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जगदम्बा मोटर्स कम्पनीका  रिजनल म्यानेजर अमृतकुमार चौहानले टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको बिशेषताको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।
  कार्यक्रममा कम्पनिका रिजनल अफिसर्स सुरेशकुमार महतो, रिजनल म्यानेजर प्रज्जवल खतिवडा, रिजनल सर्भिस ईञ्जीनियर सन्तोष ढकाल, नेपाल अटो मेकानिक ट्रेड युनियन मोटरसाइकल कमिटीका संस्थापक अध्यक्ष दिपेश बस्नेतलगायतको सहभागिता रहेको पाथीभरा अटोलिंककी म्यानेजर पूजा गुरूङले बताइन्।
   कार्यक्रमको सञ्चालन बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए।