बिर्तामोड । इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२६ \ २०२७ को प्रेसिडेन्टमा रिजु क्षेत्री पाण्डे चयन भएकी छिन् । सन् २०२६ \२०२७ को जुलाई १ तारिकदेखि उनले आठौं प्रेसिडेन्टको रुपमा कार्यभार सम्हालेकी हुन् ।
इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको इमिडेट पास्ट प्रेसिडेन्टमा लुना वस्नेत , भाइस प्रेसिडेन्ट कमला पौडेल , सेक्रेटरी अनिता शर्मा , ट्रेजरर रेखा अग्रवाल , आईएसओ निशा गिरी टीका, इडिटर सृजना श्रेष्ठ , सव इडिटर मुनमुन अग्रवाल रहेका छन् । इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२५ \ २०२६ की प्रेसिडेन्ट लुना वस्नेतले सन् २०२६ \ २०२७ की प्रेसिडेन्टकी रिजु क्षेत्री पाण्डेलाई पद हस्तान्तरण गर्दै गंग ग्यावल हस्तान्तरण गरेकी थिइन् । सन् २०२६ \ २०२७ की प्रेसिडेन्टकी रिजु क्षेत्री पाण्डेले आफ्नो कार्यकालमा सामाजिक तथा मानवीयताको क्षेत्रमा रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाइन् । उनले महिला शशक्तिकरण , वातावरण संरक्षण , वालवालिकाको शिक्षा स्वास्थ्य, फोहोर व्यवस्थापन , मानसिक स्वास्थ्य सचेतना, एक सदस्य एक विरुवा रोपण अभियान, निःशुल्क स्वास्थ्य शिविर, पोषण सम्वन्धी सचेतना, वालपालिकाका लागी नि शुल्क छात्रवृत्ति, नेत्रहिन विद्यार्थीका लागी आवश्यक सामग्री वितरणलगायतका कार्यक्रम गरिने बताइन् । कार्यक्रममा सहभागी इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेल, पास्ट प्रेसिडेन्टहरु रेणु वंशल, मोनिका अग्रवाललगायतले इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२६ \२०२७ को प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।




















