बिर्तामोड। नेवा: मिसा पुच : बिर्तामोडको आयोजनामा साबुन र फिनेल बनाउने तालिम सम्पन्न भएको छ।
सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको नेवा: मिसा पुच : बिर्तामोडकी संस्थापक अध्यक्ष निलम प्रधानले बताइन्।
नेवा: मिसा पुच : बिर्तामोडकी अध्यक्ष शारदा मास्केको अध्यक्षता तथा नेवा: पासा मुना पुच: बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष निर्मला डंगोलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथी नेवा: पासा मुना पुच: बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठ, नेवा: पासा मुना पुच: बिर्तामोडका पूर्व अध्यक्ष प्रमेश हलवाई, उपाध्यक्ष राजीव श्रेष्ठ, नेवा: मिसा पुच : बिर्तामोडकी संस्थापक अध्यक्ष निलम प्रधान , प्रशिक्षकहरू अस्मिता खनाल र सृजना ढुङ्गेल लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी ५० भन्दा बढी महिलाहरूलाई प्रशिक्षकहरू अस्मिता खनाल र सृजना ढुङ्गेलले साबुन र फिनेल बनाउन सिकाएका थिए।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव जानुका प्रधानले गरेकी थिइन्।




















