बिर्तामोड।  झापाको अर्जुनधारा-६ छाताचौकमा ईको साइन कमर्सीयल लण्ड्री एण्ड सेनीटाईजेशन सर्भिस सञ्चालनमा आउने भएको छ।
  ईको साइन हव प्रालिले झापाको अर्जुनधारा-६ छाताचौकमा ईकोसाइन कमर्सीयल लण्ड्री एण्ड सेनीटाईजेशन सर्भिस सञ्चालनमा ल्याएको  ईको साइन हव प्रालिका डाइरेक्टर तथा फाउण्डर सोभित प्रसाईंले बताए।
  ईको साइन हव प्रालिका एसिस्टेण्ट डाइरेक्टर  गोविन्द श्रेष्ठले आगामी असार २५ गते उद्घाटन गरिने ईकोसाइन कमर्सीयल लण्ड्री एण्ड सेनीटाईजेशन सर्भिसमा करिब दुई करोड लगानी गरिएको बताए।
  ईको साइन हव प्रालिका टेक्निकल कन्सल्टेन्ट उज्जवल उप्रेतीले अन्तर्राष्ट्रिय स्तरको मेसिन र प्रविधीको प्रयोग गरी होटल, हस्पिटल,बैंक,विद्यालय, संघसंस्था, तथा घरायसी प्रयोजनका हरेक प्रकारका कपडाहरूको व्यावसायिक धुलाई र सुकाई गरिने बताए।
  ईको साइन  हव प्रालिका विजनेश एडभाइजर नविन ढुंगानाले  पछिल्लो समय कपडा तथा विभिन्न माध्यमबाट सर्ने संक्रामक रोग र कीटाणुहरूको जोखिमलाई मध्यनजर गर्दै कपडाको गुणस्तर कायमै राखी तिनलाई सुरक्षितस्तरसम्म किटाणुमुक्त गर्न यो अत्याधुनिक लण्ड्री सेवा सञ्चालनमा ल्याएको बताए।

 बिर्तामोड र आसपासका क्षेत्रका व्यावसायिक तथा घरायसी ग्राहकका लागी नयाँ र भरपर्दो गन्तव्य बन्ने उनको भनाई छ।