बिर्तामोड। साहित्यकार सरोज ओलीको ८६ औं जन्मजयन्तीको अवसर पारेर सरोज ओली स्मृतिग्रन्थ विमोचन गरिएको छ।
प्रगतिशील लेखक संघ झापाको आयोजना तथा ओली वंश समन्वय समिति झापा र वविराज स्मृति प्रतिष्ठान झापाको व्यवस्थापनमा सरोज ओली स्मृतिग्रन्थ विमोचन गरिएको हो।
प्रगतिशील लेखक संघ झापाका अध्यक्ष लीलाप्रसाद अथिकारीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष देवी क्षेत्री दुलालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष कमलप्रसाद गुरागाँईले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्यकार सरोज ओलीको जीवनी समेटिएको श्रव्यदृश्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अतिथी तथा दर्शक लेखक श्रष्टाहरूले सरोज ओली स्मृतिग्रन्थ विमोचन गरेका थिए।
उक्त स्मृतिग्रन्थको अधिवक्ता लीला उदासी र डा. गोपीकृष्ण खतिवडाले समीक्षा गरेका थिए।
सरोज ओलीकी नातिनी नियती ओलीले सरोज ओलीको स्मृतिबारे अनुभव सुनाएको कार्यक्रममा ओली वंश समन्वय समिति केन्द्रीय अध्यक्ष उमानाथ ओली, साहित्यकार पुण्यप्रसाद खरेल, चीनका लागी नेपालका पूर्व राजदूत कृष्णप्रसाद ओलीलगायतले साहित्यकार सरोज ओलीको व्यक्तित्व तथा कृतित्वबारे प्रकाश पारेका थिए।
कार्यक्रममा सरोज ओली स्मृतिग्रन्थमा लेख उपलब्ध गराउने तथा कार्यक्रमका सहभागी साहित्यकारहरूलाई मायाको चिनो स्वरूप सरोज ओली स्मृतिग्रन्थ प्रदान गरि॓एको सरोज ओलीका सुपुत्र शार्दुलहाङ ओलीले जानकारी दिए।
सरोज ओलीका सुपुत्र निरज ओलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन साहित्यकार देवीचरण भण्डारी सरोजले गरेका थिए।




















