बिर्तामोड ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा भएको आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले युएईलाई हराउँदै विश्वकप क्रिकेटको छनोटमा पुगेको खुशीयालीमा बिर्तामोडको मुक्तिचौकमा दीप प्रज्जवलन गरिएको छ । नेपाल विद्यार्थी संघ कन्काई आदर्श क्याम्पस बिर्तामोड र इन्द्रचन्द्र क्याम्पस बिर्तामोड इकाई समितीले बिर्तामोडको मुक्तिचौकमा दीप प्रज्जवलन गरेको हो । नेपालले एक दिवसीय क्रिकेटको विश्वकप छनोट खेल्न पाउने जुन नेपाली क्रिकेट इतिहासकै सबैभन्दा महत्वपूर्ण जित हासिल भएकाले त्यसको खुशीयालीमा बिर्तामोडको मुक्तिचौकमा दीप प्रज्जवलन गरिएको विद्यार्थी नेता पोषराज कटुवालले जानकारी दिए ।