बिर्तामोड । झापाको कनकाई नगरपालिकामा एकदिवशिय  प्रथम कनकाई नगर अन्तर डोजो कराते  प्रतियोगिता सम्पन्न भएको छ । 

स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ दिव्यरत्न डोजोको आयोजनामा  उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

दिव्यरत्न डोजोका कराते प्रशिक्षक राम पाठकको अध्यक्षता तथा  जिल्ला खेलकुद विकास समिती झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिती झापाका प्रवक्ता तथा नेपाल कराते महासंघ झापाका अध्यक्ष जगन कार्की दुर्वाषाले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारी , कनकाई नगर खेलकुद विकास समितीका अध्यक्ष जविन तिम्सिना, कराते महासंघका उपाध्यक्ष सौरभ प्रधान, खड्गबहादुर कार्कीलगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।

एकदिवशिय  प्रथम कनकाई नगर अन्तर डोजो कराते  प्रतियोगितामा कनकाई नगरपालिकाका विभिन्न डोजोका एक सय २० भन्दा वढी कराते खेलाडीहरु्रको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी कराते खेलाडीहरुले २० केजीदेखि  ५५ केजी तौल समूहमा काता, कुमुते खेलेका थिए । 

एकदिवशिय  प्रथम कनकाई नगर अन्तर डोजो कराते  प्रतियोगितामा इलुवावारी डोजो सुरुङ्गा ९ स्वर्ण , २ रजत र १ कास्य पदक प्राप्त गरी प्रथम, आदर्श स्पोर्ट क्लब घैलाडुब्बा डोजो कनकाई–  ९ ले ७ स्वर्ण , ५ रजत ,४ कास्य पदक प्राप्त गरी दोश्रो र ग्लोवल एकाडेमी डोजो सुरुङ्गा ४ स्वर्ण पदक प्राप्त गरी तेश्रो भएको आदर्श स्पोर्ट क्लब घैलाडुब्बा डोजोका कराते प्रशिक्षक टिका राजवंशीले बताए ।  

कार्यक्रममा कराते खेलको विकासका लागी महत्वपूर्ण योगदान पुर्याएको भन्दै कनकाई नगरका पूर्व कराते खेलाडी राजु उप्रेती, पदम बुढाथोकी, गणेश संग्रौला, सरोज ढुंगानालाई सम्मान गरिएको थियो ।

प्रतियोगिताका बिजेता प्रथम, द्वितिय र तृतिय खेलाडीहरुलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिती झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)  , जिल्ला खेलकुद विकास समिती झापाका प्रवक्ता तथा नेपाल कराते महासंघ झापाका अध्यक्ष जगन कार्की दुर्वाषा, कनकाई नगर खेलकुद विकास समितीका अध्यक्ष जविन तिम्सिना, कराते महासंघका उपाध्यक्ष सौरभ प्रधान, खड्गबहादुर कार्की बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले ट्रफि , मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।कार्यक्रमको सञ्चालन कराते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।