बिर्तामोड । वीरता जेसीजको आयोजनामा आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरि विश्वकप क्रिकेटको छनोटमा आफ्नो स्थान बनाउन सफल भएकोमा नेपाली क्रिकेट टिमलाई बधाईदिँदै विश्वकप छनोटको लागि शुभकामना व्यक्त गर्दै मुक्तिचौकमा दीप प्रज्जवलन गरिएको छ ।    

 वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा बिर्तामोड –४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा खेलकुद संयोजक सुवास तिखत्रीले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवर (राजु),वीरता जेसीजका पूर्वअध्यक्ष वेदप्रकाश अग्रवाल, पूर्वेली यूवा क्लवका कार्यवहाक अध्यक्ष दीपेन चौधरी, नेप्लीज टिन्सका संयोजक मनिष वस्नेत, रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सालु कोइराला, नेपाल विद्यार्थी संघका नगर सभापति योगेन्द्र थापा, सञ्जय राई, छठ समाज सेवा समिति बिर्तामोडका महासचिव अशोक चौधरीलगायतले नेपालले युएईलाई पराजित गरि विश्वकप क्रिकेटको छनोटमा आफ्नो स्थान बनाउन सफल भएको भन्दै नेपाली क्रिकेट टिमलाई बधाई दिएका थिए । सोही अवसरमा बिर्तामोडको मुक्तिचौकमा दीप प्रज्जवलन गरिएको वीरता जेसीजका सुशील उप्रेतीले जानकारी दिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव जनक खड्काले गरेका थिए ।