बिर्तामोड । वीरता जेसीजको आयोजनामा एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट हुन सफल भएकोमा नेपाली क्रिकेट टिमलाई बधाईदिँदै मुक्तिचौकमा दीप प्रज्जवलन गरिएको छ ।   

 वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा उपाध्यक्ष  सुमन पोद्धारले स्वागत गरेका थिए ।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी , नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष बीरु बेघालगायतले नेपालले युएईलाई पराजित गरि आगामी सेप्टेम्बरमा हुने एसिया कपमा  आफ्नो स्थान बनाउन सफल भएको भन्दै नेपाली क्रिकेट टिमलाई बधाई दिएका थिए ।  कार्यक्रमको सञ्चालन वीरता जेसीजका उपाध्यक्ष प्रज्जवल विमलीले गरेका थिए ।