बिर्तामोड । कन्काई नगर इलुवाबारी कराते डोजो सुरुङ्गाको आयोजना तथा झापा जिल्ला कराते महासंघको समन्वय तथा प्राविधिक सहयोगमा प्रथम गौरिलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय कराते प्रतियोगिता अन्तर्गत स्थानियस्तरको जुनियर प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिता अन्तर्गत झापा क्षेत्र नं.४ का २०–२५ केजी  तौल समूहको जुनियर प्रतियोगिता सम्पन्न भएको हो । 

 झापा जिल्लामा करातेका उत्कृष्ट खेलाडी उत्पादन गर्ने सकारात्मक सोचका साथ वडास्तर –पालिकास्तर देखिनै प्रतिस्पर्धा गरि प्रत्येक वजन समुहमा प्रत्येक पालिकाबाट १–१ जना कराते खेलाडी छनौट गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको झापा जिल्ला कराते महासंघका अध्यक्ष जगन दुर्वासा कार्कीले बताए ।

झापा जिल्ला कराते महासंघले जिल्लामा उत्कृष्ट सम्भावना बोकेका उर्जाशिल खेलाडीहरुको रेकर्ड राख्ने र जिल्ला बाहिर हुने प्रतियोगिताहरुमा उपयुक्त अवसरका लागि प्राथमिकतामा राख्ने उनले बताए । 

कन्काई नगर इलुवाबारी कराते डोजो सुरुङ्गाका अध्यक्ष तथा झापा जिल्ला कराते महासंघका जिल्ला सदस्य राजेन्द्र लिम्बुको अध्यक्षता तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ कराते प्रशिक्षक तथा प्रशिक्षण बिभाग प्रमुख कालू मेचे, कराते महासंघका केन्द्रिय सदस्य मिलनराज प्रसाईं, कोशी प्रदेशका उपाध्यक्ष सौरभ प्रधान , राष्ट्रिय खेलकुद परिषद प्रशिक्षक  कृष्ण बस्नेत,  दुर्गाराज निरौला, महासंघ जिल्ला सदस्य तथा क्षेत्र नं. ४ का सिनियर प्रशिक्षक राम पाठक, सचिव सन्जय शाह, सहसचिव जीवन राई, कोषाध्यक्ष रेनुका राई, सदस्य दुर्गाचरण राजवंशी ,प्रशिक्षक तथा रेफ्रीहरु बिन्दुराज दहाल, अशोक राई, दुर्गा उप्रेती,कराते प्रशिक्षक टीका राजवंशी , बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले विजेता खेलाडीहरुलाई मेडल र प्रमाण पत्र बितरण गरेका थिए ।  

 कार्यक्रमको संयोजन तथा सञ्चालन झापा जिल्ला कराते महासंघका अध्यक्ष जगन दुर्वासा कार्कीले गरेका थिए ।

प्रथम गौरिलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय कराते प्रतियोगिता अन्तर्गत ३० केजी तौल समूहदेखि माथी ५५ं केजी तौल समूहसम्मका महिला तथा पुरुषहरुको झापा जिल्लाव्यापी अन्तरपालिका कराते  प्रतियोगिता शनिबार हुने र कोशी प्रदेश खेलकुद विकास वोर्डकी उपाध्यक्ष जिनाजङ्ग कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने उनले बताए ।