बिर्तामोड । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का संरक्षक एवम् पूर्व सांसद रेशम चौधरी झापाको बिर्तामोड आउने भएका छन् ।
नागरिक उन्मुक्ति पार्टी (एकीकृत) प्रदेश नं. को आयोजनामा आगामी असार ५ गते बिर्तामोडमा हुने स्वागत–सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रमका लागी उनी झापाको बिर्तामोड आउने भएको नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का केन्द्रीय सदस्य तथा कोशी नाम खारेजी आन्दोलन परिचालन समिति प्रदेश नं.१ का संयोजक धनवहादुर पन्धाक सुब्बाले बताए ।
बिर्तामोडस्थित सिटी सेन्टरमा हुने कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाई दिन हुन उनले सवैलाई आग्रह गरेका छन् ।




















