बिर्तामोड। झापाको बिर्तामोडस्थित गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुनिल शिवाकोटी निर्वाचित भएका छन्।
  संस्थाको २० औं वार्षिक साधारण सभा तथा अधिवेशनले शिवाकोटीको अध्यक्षतामा  नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो।
  नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्ष तोकप्रसाद दुलाल, सचिव केशरबहादुर खवास, कोषाध्यक्ष ध्रुवकुमार शर्मा रहेका छन्।
   त्यस्तै सदस्यहरूमा विष्णुबहादुर बस्नेत, ध्रुवप्रकाश खरेल, रामकृष्ण ढकाल, कप्लेश श्रेष्ठ र सरस्वति ढकाल निर्वाचित भएका छन्।
   त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा मातृकाप्रसाद नेपाल र सदस्यहरूमा विज्ञान दाहाल र लक्ष्मीदेवी संग्रौला निर्वाचित भएको निर्वाचन अधिकृत झापा जिल्ला सहकारी संघका उपाध्यक्ष नारायण भट्टराईले जानकारी दिए।
   संस्थाका अध्यक्ष प्रकाशकुमार सिटौलाको अध्यक्षता तथा पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक मनबहादुर पाहिमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष सुनिल शिवाकोटीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रममा अध्यक्ष सिटौलाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
  संस्थाको शेयर सदस्य १ हजार ४ सय २७ जना, शेयर पूँजी १ करोड ५३ लाख ९९  रूपैयाँ, निक्षेप ६ करोड ८८ लाख ९५ हजार २ सय ८ रूपैयाँ १८ पैसा, ऋण लगानी ७ करोड ८७ लाख ५० हजार ४ रूपैयाँ , वासलात ९ करोड ७१ लाख ८० हजार ३ सय ६४ रूपैयाँ  नाफा १७ लाख ९५  हजार ९४  रूपैयाँ २४ पैसा , कोष १ करोड  २५ लाख ४८  हजार  ४ सय ९९ रूपैयाँ, २० पैसा रहेको प्रतिवेदनमा उल्लेख  छ।
  कार्यक्रममा उत्कृष्ट  सदस्य रियाज अख्तर, लोएस लिम्बू ,  ज्येष्ठ नागरिक ईश्वरीमाया लिम्बू , कृष्णबहादुर पराजुली , राधा शिवाकोटी , एसईईमा उत्कृष्ट विद्यार्थी रानिश न्यौपाने , दिक्षक शिवाकोटी र उत्कृष्ट कर्मचारी  मिलन भट्टराईलाई पुरस्कारसहित सम्मान गरिएको थियो।
 कार्यक्रममा प्रमुख अतिथि पाहिम र झापा जिल्ला सहकारी संघका उपाध्यक्ष नारायण भट्टराईले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक धनपती भट्टराईको अनुपस्थितमा  लेखा सुपरीवेक्षण समितिका सदस्य विज्ञान दाहालले  लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
   कार्यक्रमको सञ्चालन संस्थाका  व्यवस्थापक सुरेश गौतमले गरेका थिए।