बिर्तामोड। ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले बिर्तामोड- ८ गरामनीमा ट्राफिक सचेतनासहित गरामनीका विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्डहरू स्थापना गरेको छ।
सडक सुरक्षा, अनुशासित यातायात व्यवसायीको व्यवहार तथा जिम्मेवार नागरिकको भावना अभिवृद्धि गरी सडक सुरक्षा सबैको जिम्मेवारी भन्ने सन्देशलाई समुदायसम्म पुर्याउने उद्देश्यले ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेले बताइन् ।
विशेष गरि विद्यालय क्षेत्र आसपास सवारी दुर्घटना बढेकाले विद्यालय क्षेत्रलाई दुर्घटना मुक्त क्षेत्र बनाउन बिर्तामोड- ८ गरामनीमा रहेको दुर्गा उच्च मावि अगाडि ट्राफिक सचेतना सन्देश भएका बोर्ड, लालीगुराँस आवसिय विद्यालय अगाडि ट्राफिक सचेतना सन्देश भएका बोर्डहरू स्थापना गरिएको ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेले बताइन् । त्यस्तै गरामनी बजारको मुख्य बिन्दुमा चिनारी बोर्ड संथापना गरिएको उनको भनाई छ।
झापाको ऐतिहासिक गरामनी बजार एरिया नजिकै दुई वटा स्कुलहरू भएको , गरामनीको ऐतिहासिक दुर्गा मन्दिर पनि सडककै छेउमा रहेको र गरामनी बजार पनि राजमार्ग नजिकै रहेकाले सो क्षेत्रमा पार्किङहरूको व्यवस्था सहज नभएकोले त्यहाँ हुने दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायले सो क्षेत्रमा ट्राफिक सचेतनाका बोर्डहरू राख्न आवश्यक ठानेको प्रेसिडेन्ट पाण्डेले बताइन् ।
ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाकी सहायक हल्दार पूजा प्रसाईं , प्रहरी सहायक हल्दार सुरेश राजवंशी र गरामनी प्रहरी चौकीका कार्यलय प्रमुख प्रहरी सहायक निरिक्षक राजकुमार श्रेष्ठको आतिथ्यतामा ट्राफिक सचेतना बोर्डहरूको उद्घाघाटन गरिएको थियो ।
ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेले औचित्व माथि प्रकाश पारेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाकी सहायक हल्दार पूजा प्रसाईंले सहभागीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिंदै सबैलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेकी थिइन्।
ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी भाइस प्रेसिडेन्ट कमला पौडेल ,आईएसओ निशा गिरी, एक्जुकेटिभ मेम्बर सपना प्रसाई क्लब मेम्बरहरू अनुष्का बोहरा ,सृजना मैनाली ,अनुष्का तिवारी , रोटरी क्लब अफ विर्तामोड मिडटाउनका जीपी पाण्डे लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सेक्रेटरी अनिता शर्माले गरेकी थिइन्।




















