बिर्तामोड। झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच डा.खगेन्द्रप्रसाद दाहालको  सातौँ कृति पहिलो महाकाव्य ‘मालिनी’को विमोचन गरिएको छ।
  प्रतिभा निकुञ्जको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदीले गरेका थिए।
   इलामका प्रसिद्ध कवि सोमनाथ निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिभा निकुञ्जका साधक हरिप्रसाद न्यौपानेले स्वागत गरेका थिए।
  कार्यक्रममा प्रमुख अतिथि कवि सोमनाथ निरौला, अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, आख्यानकार पुण्यप्रसाद खरेल, प्राज्ञ  सुभद्रा भट्टराई, साहित्यकार भीम दाहाल, नवराज घिमिरे, विन्दु दाहाल मुकदर्शक ,  लीलाप्रसाद अधिकारी, शिवकुमार पौडेल, भगवती ढुङ्गेल तथा उमानाथ दाहाल, कृतिकार डा.खगेन्द्रप्रसाद दाहाल , प्रकाशिका भगवति दाहाल लगायतले सामुहिक रूपमा महाकाव्य ‘मालिनी’ को लोकार्पण गरेका थिए।

  महाकाव्य ‘मालिनी’ को समीक्षा समालोचक भीम दाहाल र  साहित्यकार तथा अध्यक्ष होम सुवेदीले गर्दै  कृतिकार दाहाललाई  बधाई दिएका थिए ।
  कार्यक्रममा  कविहरू शिवराज अधिकारी ‘इलामे जेठो’, जीवनहरि शर्मा, झाँक्रीखोले, मोक्ष खतिवडा, लता खरेल, टङ्क विकल्प, जयप्रसाद आचार्य, आरती पोखरेल, रश्मि असफल, कृष्णप्रकाश सुमार्गी, मेघनाथ बन्धु, अजिता श्रेष्ठ, मिना अधिकारी, उमानाथ दाहाल, शिवकुमार पौडेल, लीलाप्रसाद अधिकारी, नवराज घिमिरे, बाला लुईंटेल, विन्दु दाहाल, भगवती ढुङ्गेल ,  सुभद्रा भट्टराईले  महाकाव्यका काव्यांश सुनाएका थिए ।
   कार्यक्रममा प्रमुख अतिथि सोमनाथ निरौला, विशिष्ट अतिथिहरू कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेलले महाकाव्यबारे चर्चा गर्दै कवि डा.खगेन्द्रप्रसाद दाहालले   महाकाव्य जस्तो बहुमूल्य कृति नेपाली साहित्यजगतलाई दिएर ठूलो  गुन लगाएको  भन्दै  कृतिकार दाहाललाई बधाई तथा शुभकामना दिएका थिए ।
   कार्यक्रममा कृतिकी प्रकाशक भगवती कोइराला, कृतिकार डा.खगेन्द्र, कृतिकारका दाजु परशुराम दाहालले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
   कार्यक्रममा साहित्यकार चूडामणि वशिष्ठ, भवानी क्षेत्री, हरिनारायण भट्टराई, परशुराम तिम्सिना, कृष्ण सुवेदी ‘निराकार’, गोपालप्रसाद सङ्ग्रौला, कृष्णप्रसाद मिश्र, डिपि शर्मा, इन्द्रप्रसाद कटुवाल, राजेन्द्र सङ्ग्रौला, भानुभक्त कुभिण्डेली, मातृकाप्रसाद सङ्ग्रौला, मुक्ति अस्तित्व, मायामितु न्यौपाने, अभागी थेगुवा, शिरो सान्दाइ, देवीचरण भण्डारी, टीका भट्टराई नेपाल, गीता सुवेदी नेपाल, लेखनाथ खतिवडा, सुशीला खतिवडा, गोसा झापाली, तुलसीप्रसाद भट्टराई, पदम अधिकारी, गङ्गा ओडारी, केशबहादुर राई, कमला भट्टराई पराजुली, दुर्गाप्रसाद सिग्देल, जय भण्डारी, तुलसीप्रसाद निरौला, राजेन्द्रकश्यप अधिकारी, चन्द्रशेखर दाहाल, गीता राई, माधव पौडेल, रेजिना रोदन, कुमार श्रेष्ठ, कमलप्रसाद न्यौपाने, सागर भट्टराई ,  लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन साहित्यकार खगिन्द्रा खुशीले गरेकी थिइन्।