बिर्तामोड। झापाको बिर्तामोड- ५ मा रहेको जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्थाको १३  औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
   संस्थाकी अध्यक्ष तुलकुमारी राजबंशीको अध्यक्षता तथा सहकारी अभियन्ता तथा पूर्व सहकारी  अधिकृत रेखनाथ दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य अनिता कार्की  बस्नेतले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा अध्यक्ष राजबंशीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थामा शेयर सदस्य २ हजार १ सय ४५  जना,  शेयर  पूॅजी २ करोड ५२ लाख ३८ हजार ५ सय रूपैयाँ , निक्षेप ९ करोड १० लाख ६  हजार ५ सय ५  रूपैयाँ १२ पैसा, कोष १ करोड ९ लाख ९१ हजार ६ सय ९९ रूपैयाँ २६  पैसा , ऋण लगानी ११ करोड ५३  लाख ८३ हजार ५ सय  ८९ रूपैयाँ ५६  पैसा, वासलात १४ करोड ५० लाख ३६ हजार ९५ रूपैयाँ ६० पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
   कार्यक्रममा उत्कृष्ट बचतकर्ता भीम विश्वकर्मा , सुष्मिता भण्डारी , असल कारोबार कर्ता  मनिका मगर , स्वस्तिका ईम्बुङ ,  उत्कृष्ट बजार व्यवस्थापनतर्फ विष्णु शर्मा, टंकप्रसाद संग्रौला, उत्कृष्ट पत्रकार ईन्द्रसिंह  राजवंशी , संस्थाका सल्लाहकार हिरा राजभण्डारी, जीनाकुमारी तामाङलाई   सम्मान तथा पुरस्कृत गरिएको थियो ।
   कार्यक्रममा संस्थाकी सचिव ममताकुमारी राजवंशीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक साबित्रा राजवंशीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
   कार्यक्रममा प्रमुख अतिथी पूर्व सहकारी अधिकृत दाहालले सहभागी शेयर सदस्यलाई  वित्तीय साक्षरता प्रदान गरेका थिए ।
  कार्यक्रमको सञ्चालन संस्थाकी सचिव ममताकुमारी राजवंशी र व्यवस्थापक शोभा रिमालले गरेका थिए।