बिर्तामोड। झापाको अर्जुनधारा – ८ शनिश्चरे बजारमा शुक्रबारबाट सुविधासम्पन्न “जाइरो सलुन एण्ड एकाडेमी” सञ्चालनमा आएको छ ।
अर्जुनधारा नगरपालिका–७ डाँडागाउँ निवासी २७ वर्षीय प्रतीक भट्टराईले करिब १० लाख रुपैयाँको लागतमा अर्जुनधारा–८ शनिश्चरे बजारको जोर गणेश कम्प्लेक्सको दोस्रो तल्लामा “जाइरो सैलुन एण्ड एकाडेमी” सञ्चालनमा ल्याएका हुन् ।
“जाइरो सैलुन एण्ड एकाडेमी” को उद्घाटन प्रमुख अतिथि अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले गरेका थिए ।
उद्घाटन कार्यक्रममा सञ्चालक भट्टराईका हजुरबुबा गंगाप्रसाद भट्टराई , हजुरआमा प्रेमकला भट्टराई बुबा सुरेश भट्टराई, पत्नी रिचा घिमिरे भट्टराईलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष उप्रेतीले झापाकै ऐतिहासिक बजार शनिश्चरे बजारमा “जाइरो सलुन एण्ड एकाडेमी” सञ्चालनमा ल्याएकोमा सञ्चालक प्रतिक भट्टराईलाई धन्यबाद दिए । उनले पहिले पहिले ठाकुर हजामहरुले कपाल काट्ने पेसा अपनाउने गरेको तर अहिले एउटा ब्राह्मण समुदायको युवाले सीप सिकेर स्वदेशमै केही गर्न सकिन्छ भनेर सलुन सञ्चालन गर्नु समाजका लागी उदाहरणीय कार्य भएको बताए । अधिकांश युवाको सपना विदेश जाने रहेको वर्तमान समयमा आफू जन्मेको ठाउँमा “जाइरो सलुन एण्ड एकाडेमी” सञ्चालनमा ल्याएर प्रतीक भट्टराईले अरु विदेश जान चाहने युवालाई स्वदेशमै आकर्षित गर्न लागीपरेको बताउँदै यस्ता युवालाई वडाले मात्र होइन अर्जुनधारा नगरपालिकाले नै सम्मान गर्नुपर्ने जनाए । आफूले जस्तोसुकै सहयोग गर्ने बडाध्यक्ष उप्रेतीले प्रतिवद्धता जनाए ।
“जाइरो सलुन एण्ड एकाडेमी” सञ्चालक प्रतीक भट्टराईले आफूले कपालसम्वन्धी सम्पूर्ण सेवाहरु एउटै छानामूनी उपलव्ध गराउने उद्धेश्यले “जाइरो सलुन एण्ड एकाडेमी” सञ्चालनमा ल्याएको बताए ।
आफूले बिर्तामोडको जेनजी वार्वर सपबाट कपालसम्वन्धी सम्पूर्ण सेवाहरुबारे सीप सिकेको र त्यसलाई व्यवहारमा उर्तान “जाइरो सलुन एण्ड एकाडेमी” सञ्चालनमा ल्याएको उनको भनाई छ ।
सिभिल इन्जिनियरिङतर्फ सब–इन्जिनियरको अध्धयन पूरा गरी केही समय निर्माण क्षेत्रको पनि अनभव लिएका उनले निर्माण क्षेत्रसँगै हालै प्राप्त भएको जापान जाने अवसरलाई छोडेर स्वदेशमै केही गर्न सकिन्छ भनेर सलुन व्यवसाय शुरु गरेको बताए ।
उच्च शिक्षा अध्ययन गरी बिभिन्न सीप हासिल गरेपछि राम्रोे आम्दानी र सुविधाको लागि विदेशनै जानुपर्छ भन्ने मान्यता आफ्नो नरहेको बताउँदै परिवारसंगै बसेर मिठो मसिनो खाएर खुशीसाथ व्यवसाय सञ्चालन गर्दा आफूलाई आनन्द आउने उनको भनाई छ ।
“जाइरो सलुन एण्ड एकाडेमी” बाट हेयर कटिङ, हेयर स्टाइलिङ, मेकअप, मसाज, आवश्यक ग्रुमिङ तथा सौन्दर्यसम्बन्धी सेवा प्रदान गरिने बताउँदै सञ्चालक प्रतीक भट्टराईले बदलिँदो समय र ग्राहकको आवश्यकता अनुरूप आधुनिक तथा व्यवस्थित रुपमा सेवा प्रदान गर्ने उद्देश्यले अन्य सलुनभन्दा फरक रुपमा सञ्चालन गरिएको बताए ।‘
ग्राहकको इच्छा चाहना अनुसार सेवा लिन आउने ग्राहकलाई सहज र आरामदायी वातावरणका लागि व्यवस्थीत सलुनसँगै उद्घाटनको अवसरमा विशेष छुटको सुविधाको समेत व्यवस्था गरेको उनको भनाई छ ।
कपाल सम्वन्धी सीप सिक्न चाहने युवायुवतीलाई प्रशिक्षण दिन “जाइरो सलुन एण्ड एकाडेमी” मा एक महिने बेसीक र दुई महिने एड्भान्स कोर्स सञ्चालन हुने सञ्चालक भट्टराईले जानकारी दिए ।
“जाइरो सलुन एण्ड एकाडेमी” सञ्चालक प्रतीक भट्टराईका बुबा सुरेश भट्टराईले छोराले “जाइरो सलुन एण्ड एकाडेमी” सञ्चालनमा ल्याएर हेयर कटिङ, हेयर स्टाइलिङ, मेकअप र प्रशिक्षण सेवा एकीकृत रूपमा उपलब्ध गराउनु सकारात्मक सुरुवात भएको बताए ।
उनले स्थानीयस्तरमै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउने उद्देश्यले झापा जिल्लाकै ऐतिहासिक बजार शनिश्चरे बजारमा शनिश्चरे बजार क्षेत्रकै पहिलो प्रशिक्षण केन्द्रसहितको पुरुष सैलुन सञ्चालनमा ल्याएको र आगामी दिनमा झापाका विभिन्न क्षेत्रहरुमा “जाइरो सलुन एण्ड एकाडेमी” का शाखा पनि सञ्चालन गरिने जनाए ।
उनले एकपटक शनिश्चरे बजारको जोर गणेश कम्प्लेक्सको दोस्रो तल्लामा रहेको “जाइरो सैलुन एण्ड एकाडेमी” मा आएर सेवा लिन सबैलाई आग्रह गरेका छन् ।




















