बिर्तामोड । कंगारु एजुकेशन फाउन्डेसन बिर्तामोडले मंगलबार (भोली)  ‘अल नेपाल रोड सो’ कार्यक्रम गर्दैछ ।  बिगत १६ वर्षदेखि अध्ययनका लागि विदेशका विभिन्न उत्कृष्ट शैक्षिक गन्तव्यमा जान चाहने नेपाली विद्यार्थीलाई विदेशमा रहेका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेट गराउँदैे आइरहेको कंगारु एजुकेशन फाउन्डेसनले युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श लगायतका सेवा प्रदान गर्न भोली बिर्तामोडमा   ‘अल नेपाल रोड सो’ कार्यक्रम गर्ने भएको कंगारु एजुकेशन फाउन्डेसन बिर्तामोडका शैक्षिक तथा सञ्चालन विभाग प्रमुख रोशन शाहले बताए । 

  ‘अल नेपाल रोड सो’ कार्यक्रम  अन्तर्गत अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, युएसए र क्यानडा जान चाहने नेपालको विभिन्न भागमा रहेका विद्यार्थी तथा अभिभावकलाई त्यहाँको कलेज तथा युनिभर्सिटीसम्म सिधा पहुँच पुर्याएर  कलेजमा अध्यापन हुने विषय, फि स्टक्चर, स्कलरसिप, शैक्षिक गुणस्तर, भिजा प्रक्रिया  लगायतका  बारेमा २५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको परामर्श सेवा  प्रदान गरिने उनले बताए । 

बिर्तामोडस्थित हनुमानसेन्ट्रलको चौथो तलामा रहेको कंगारु एजुकेशन फाउन्डेसनमा हुने   ‘अल नेपाल रोड सो’ कार्यक्रम अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, युएसए र क्यानडा जान चाहने विद्यार्थीले त्यहाँको कलेज तथा युनिभर्सिटीका बारेमा सिधा जानकारी  प्राप्त गर्न पाउने एक अवसर भएकाले  आफूलाई पायक पर्ने ठाउँमा गई परामर्श लिनका लागि उनले आग्रह गरेका छन् । शैक्षिक परामर्श लिनका लागि विद्यार्थीले काठमाडौं जानुपर्ने झञ्झटबाट मुक्ति दिलाउन अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, युएसए र क्यानडाका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले  आवश्यक परामर्श लिन सक्ने भएकाले  ‘अल नेपाल रोड सो’ कार्यक्रमले विद्यार्थी तथा अभिभावक प्रत्यक्ष लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।   ‘अल नेपाल रोड सो’ कार्यक्रम  अन्तर्गत अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, युएसए र क्यानडा जान चाहने विद्यार्थीले शैक्षिक परामर्श सेवासँगै भर्ना प्रक्रिया, छात्रवृत्ति, कलेज तथा युनिभर्सिटीको कोर्ष, देशको समग्र अवस्था तथा शिक्षा नीतिका बारेमा जानकारी पाउने उनले बताए ।  विद्यार्थीको रुची, क्षमता, शैक्षिक स्तर, आर्थिक अवस्था हेरेर देश, कलेज तथा युनिर्भसिटी छनोट गर्न आफूहरुले  सहयोग गर्ने बताउँदै उनले विद्यार्थीलाई परीक्षाको तयारी, कलेज भर्ना, डकुमेन्टेसन, भिसा, बस्ने व्यवस्था लगायतका विभिन्न समस्या समाधानका लागि  सधैं तयार रहने प्रतिवद्धता जनाए । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई  कंगारुमा एक पटक परामर्श सेवाका लागि आउन उनको आग्रह छ । अगस्ट १४ मा काठमाडौंबाट शुरु भएको  ‘अल नेपाल रोड सो’ कार्यक्रम भोली  बिर्तामोड, अगस्ट १६ मा इटहरी, अगस्ट १८ मा चितवन, अगस्ट २० मा बुटवल रअगस्ट  २२ मा पोखरामा हुने कंगारु एजुकेशन फाउन्डेसन बिर्तामोडका कार्यकारी निर्देशक नवीन ढुंगानाले जानकारी दिए ।