बिर्तामोड ।  झापाको बिर्तामोडमा सञ्चालित आदर्श स्कूल अफ म्यानेजमेन्टमा  माध्यमिक परीक्षा तह एसईई पास गरेका आदिवासी समुदायका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा  होटल म्यानेजमेन्ट पढ्न पाउने भएका छन् । 

  आदिवासी समुदायका विद्यार्थीलाई होटल व्यवसायको क्षेत्रमा अव्वल बनाएर स्वरोजगार र व्यवसायिक वनाउन आदर्श स्कूल अफ म्यानेजमेन्टले यस्तो अवसर सिर्जना गरेको हो । 

पछिल्लो समय होटल व्यवसायको क्षेत्रमा चाहिने पर्याप्त जनशक्ति नहुँदा समस्या भएकाले होटल म्यानेजमेन्ट पढेपछि भनेजस्तो  काम सजिलै पाइने र तलव पनि आकर्षक हुने भएकाले आफूहरुले आदिवासी समुदायका विद्यार्थीलाई होटल व्यवसायको क्षेत्रमा अव्वल बनाएर स्वरोजगार र व्यवसायिक वनाउन आदिवासी समुदायका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिमा  होटल म्यानेजमेन्ट पढाउने आदर्श स्कूल अफ म्यानेजमेन्ट कलेजका निर्देशक सञ्जोग खरेलले बताए ।

आफूहरुले आगामी शैक्षिक सत्रबाट आदिवासीतर्फ सन्थाल र राजवंशी समुदायका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम ल्याउन लागेको निर्देशक सन्जोग खरेलले बताए । छात्रवृत्तिमा आदिवासी विद्यार्थीतर्फ दुई जनालाई शतप्रतिशत र अन्य  दुई जनालाई पचास प्रतिशत छुट दिइने खरेलले जानकारी दिए ।

पढाई र खेलकुदमा उत्कृष्ट नतिजा ल्याएका ती समुदायका विद्यार्थीलाई जेहेन्दार र खेलकुद विधामा उक्त छात्रवृत्ति प्रदान गरिने उनले बताए । झापाको बिर्तामोडमा पुरानो यातायात कार्यालयदेखि दुई सय मिटर दक्षिणमा सञ्चालनमा रहेको आदर्श स्कूल अफ म्यानेजमेन्टले २०७३ सालमा स्थापना भएको आदर्श स्कूल अफ म्यानेजमेन्टले होटल व्यवसायको क्षेत्रका लागि चाहिने जनशक्ति उत्पादनको प्रारम्भिक आधार तयार गर्दै विद्यार्थीहरुलाई व्यवहारिक र प्रयोगात्मक सीप सिकाइरहेको उनले बताए । 

आदर्श स्कूल अफ म्यानेजमेन्ट एसईई पास गरेपछि के विषय पढ्ने भन्ने अन्योलमा परेका विद्यार्थीका लागि रोजाईको शैक्षिक संस्था बनेको बताउँदै उनले आदर्श स्कूल अफ म्यानेजमेन्टमार्फत पढाई पूरा गरेका विद्यार्थीले नेपालको तारे होटलदेखि विदेशका स्टेण्डर्ड रेष्टुरेन्टमा काम पाइरहेको जानकारी दिए । 

सिटीभिटी र इटीभीए समेतको आवद्धतामा आदर्श स्कूल अफ म्यानेजमेन्टले विद्यार्थीलाई होटल म्यानेजमेन्ट पढाउँदै आएको बताउँदै उनले आदर्श स्कूल अफ म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीले होटल म्यानेजमेन्ट पढ्ने अवसर पाउने, विद्यार्थीले छ महिनाको प्रोफेसनल डिप्लोमा इन होटल म्यानेजमेन्ट कक्षा र डिप्लोमा इन होटल म्यानेजमेन्टको तीन वर्षे कोर्षमा पनि अध्ययन गर्न पाउने जनाए । 

आदर्श स्कूल अफ म्यानेजमेन्टले  विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि आदर्श व्याङ्क्वेट, बृज क्याफे, टीङटङ डेलिभरि सर्भिस, आदर्श सरगम फिदिम लगायतका साझेदार संस्थासंस्थामा पठाउने गरेको बताउँदै उनले यसले विद्यार्थीलाई अझ दक्ष बनाउने जानकारी दिए । 

आदर्श स्कूल अफ म्यानेजमेन्टले  विद्यार्थीलाई होटल म्यानेजमेन्ट अन्तरगत आतिथ्य उद्योगका विभिन्न आयाम  भोजन र पेय पदार्थ तयार पार्नेदेखि हाउस किपिङ अपरसेनसम्मका कक्षा ,फ्रन्ट अफिस अपरेसन, कर्पोरेट फाइनान्स, सेल्स, मार्केटिङ, पब्लिक रिलेसनबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइने आदर्श स्कूल अफ म्यानेजमेन्ट कलेजका निर्देशक सञ्जोग खरेलले बताए । 

आदर्श स्कूल अफ म्यानेजमेन्टले  स्थापना कालदेखि कक्षा ११÷१२ मा ब्यबस्थापनतर्फ होटल ब्यबस्थापन र बिजनेस स्टडिज विषय अध्यापन हुने गरेको र हाल  कक्षा ११÷१२ मा ३ सय ८० भन्दा बडी विद्यार्थी अध्ययनरत रहेको उनले बताए । 

  होटेल म्यानेजमेन्ट विषयबाट कक्षा ११ र १२ पास आउटपछि होटेल तथा पर्यटकीय क्षेत्रमा रोजगारीको अवसर मिल्ने गरेकोले आदर्श स्कुल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण  बढेको बताउँदै उनले कक्षा ११ र १२ अध्ययन सकिदासम्ममा नेपालको सिटीभिटी, मलेसियाको इटीभिए र क्यानडाको एसडिसीको सर्टिफिकेट पनि प्रदान गरिने जनाए ।  कक्षा १२ पाससँगै स्कुलले होटेल तथा पर्यटन क्षेत्रको कुनै पनि क्षेत्रमा जागिरका लागि आफूहरुले सहजीकरण गरिदिने गरेको उनले बताए । 

आदर्श स्कूल अफ म्यानेजमेन्टमा प्रयोगात्मक कक्षाका लागि चाहिने सम्पूर्ण होटेल म्यानेजमेन्टसँग सम्बन्धित विभागहरूका आ–आफ्ना प्रयोगशालाको व्यवस्था समेत रहेको बताउँदै उनले बारिष्टा, बेकरी, २ वटा प्रयोगात्मक किचन, रेस्टुरेन्ट, हल, बार, हाउस किपिङलगायतका कक्षाका लागि प्रयोगात्मक सामाग्रीहरूसमेत उपलब्ध रहेको जनाए ।  

होटल ब्यबस्थापनको अत्याधुनिक प्राटिकल ल्याबबाट अध्यापन गराउने आदर्श स्कूल अफ म्यानेजमेन्टमा  पढाईका अतिरिक्त अतिरिक्त क्रियाकलाव ,नेतृत्व बिकास,बिज्ञहरुबाट विशेष सिकाइ तथा छात्र –छात्रातर्फ भलिबल ,क्रिकेट तथा फुटवल खेलाडी समेत उत्पादन गराएको र सो  टिमहरुले हिसान,प्याव्सन ,रास्ट्रपति कप  समेत जित्ने गरेको आदर्श स्कूल अफ म्यानेजमेन्टका आउटरिच कोर्डिनेटर दीपक दासले जानकारी दिए ।

पढाईतर्फ विषयगत बिज्ञ र युबा शिक्षकहरु रहेको आदर्श स्कूल अफ म्यानेजमेन्टले विद्यार्थीहरुलाई चौतर्फी बिकासमा सहयोग पुर्याउँदै  संस्कारयुक्त बनाएको उनले बताए ।

आदर्श स्कूल अफ म्यानेजमेन्टले विद्यार्थीहरुलाई भाक्का दिवस,सिरुवा पर्व ,दसै तिहार ,होली ,क्रिसमस जस्ता सस्कृती जगेर्ना गर्ने चाडमा सहभागिता गराएर संस्कारयुक्त शिक्षा दिएको उनले जानकारी दिए ।