बिर्तामोड । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अहिले विविध कार्यक्रम भइरहेका छन् ।  शहरका ठूला तारे होटलमा तामझामका साथ पार्टीसहित गुलिया भाषण गरेर ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको समाचार सार्वजनिक भइरहेको छ । यसरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदा वास्तविक श्रमिक महिलाले पीडावोध गरिरहेका छन् । तर, झापाको बिर्तामोडमा रहेको  श्री छठ महिला मञ्चले भने वास्तविक श्रमिक महिलाहरुमाझ ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । श्री छठ महिला मञ्च बिर्तामोडको आयोजनामा बिर्तामोड –७ खाल्वाडीको रेखाचौकमा रहेका सन्थाल श्रमिक महिलालाई खाद्यान्न, लत्ताकपडा बितरण गर्नुका साथै मिष्ठान्न भोजन गराएर  ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो ।

संस्थाकी अध्यक्ष  हेमलता चौधरीको अध्यक्षता तथा कोशी प्रदेशका साँसद तथा पूर्व मन्त्री  एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष निशा शाह गुप्ताले स्वागत गरेकी थिइन् । संस्थाकी उपाध्यक्ष संगीता शाहले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा बिर्तामोड वडा नं. ७ का वडाध्यक्ष अबिरल कृष्ण खरेल, श्री छठ समाज सेवा समिति बिर्तामोडका निवर्तमान अध्यक्ष घनश्याम चौधरी , वरिष्ठ उपाध्यक्ष संगीता रौनियारलगायतले श्री छठ महिला मञ्चले  वास्तविक श्रमिक महिलाहरुमाझ ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएकोमा खुशी व्यक्त गर्दै  श्री छठ महिला मञ्चले गरेको कार्य अरुहरुका लागी प्रेरणादायी भएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, वडाध्यक्ष खरेल, बिर्तामोड –७ का वडासदस्य खडानन्द निरौला, श्री छठ समाज सेवा समिति बिर्तामोडका पूर्व अध्यक्ष प्रेमचन्द चौधरी , अध्यक्ष रामेश्वर द्विवेदी, उपाध्यक्ष मनोज रौनीयार, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला,श्री छठ महिला मञ्चका पदाधिकारीहरुले बिर्तामोड –७ खाल्वाडीको रेखाचौकमा रहेका २५ जना भन्दा वढीसन्थाल श्रमिक महिलालाई खाद्यान्न, लत्ताकपडा बितरण गर्नुका साथै मिष्ठान्न भोजन गराएका थिए ।

कार्यक्रमको सञ्चालन  श्री छठ महिला मञ्च बिर्तामोडकी महासचिव निशा सोनी कर्णले गरेकी थिइन् ।  बिर्तामोड –७ खाल्वाडीको रेखाचौकमा रहेका सन्थाल श्रमिक महिलाहरु नजिकैको चिया वगानमा मजदुरी गर्न जाने गरेपनि पछिल्लो समय उक्त चिया वगान फाँडेपछि वेरोजगार भएपछि खान लाउनपनि पैसा नभएर कष्टकर जीवन विताउँदै आइरहेको थाह पाएर उनीहरुलाई केही सहयोग गरेर एकदिन भएपनि उनीहरुको मुहारमा खुशी ल्याउन श्री छठ महिला मञ्च बिर्तामोडले बिर्तामोड –७ खाल्वाडीको रेखाचौकमा रहेका २५ जना भन्दा वढी सन्थाल श्रमिक महिलालाई खाद्यान्न, लत्ताकपडा बितरण गर्नुका साथै मिष्ठान्न भोजन गराएको श्री छठ महिला मञ्च बिर्तामोडकी महासचिव निशा सोनी कर्णले बताइन् ।

कार्यक्रममा सहभागी  सन्थाल श्रमिक महिलाहरुले श्री छठ महिला मञ्च बिर्तामोडले खाद्यान्न, लत्ताकपडा बितरण गर्नुका साथै मिष्ठान्न भोजन गराएकोमा खुशी व्यक्त गरेका थिए ।