बिर्तामोड । तपाईं टेलिभिजन र युट्युब च्यानलमा कमेडी च्याम्पियन हाँस्यव्यङ्य कार्यक्रम हेरेर मनोरञ्जन लिनुहुन्छ होला, तर टेलिभिजन र युट्युब च्यानलमा आउने कमेडी च्याम्पियन हाँस्यकार्यक्रमका कलाकारहरुले प्रत्यक्षरुपमा तपाईहरु सामुन्ने आएर हाँस्य प्रस्तुति दिँदा छक्क पर्दै झन् पेट मिचिमिची हाँस्नु हुन्छ होृला ।

यस्तै झापाका दर्शकहरुलाई पेटमिचिमिची हसाउन कमेडी च्याम्पियनकाकलाकारहरुसहित एक दर्जनभन्दा वढी हाँस्यकलाकारहरु झापाको बिर्तामोडमा आउँदैछन् ।  

टेलिभिजन र युट्युब च्यानलमा हेरिदै आएको कमेडी च्याम्पियनका कलाकारहरुले बिर्तामोडको सिटीसेन्टरमा रहेको साई पार्टीप्यालेसमा यहि फागुन ३० गते वुधबार झापाका दर्शकहरुलाई पेटमिचिमिची हसाउने भएका हुन् ।

कमेडी च्याम्पियनका कलाकारहरुले यही चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ को टिम सँग मिलेर बिर्तामोडमा  ‘महाकमेडी वीथ महाजात्रा’ गर्ने भएको कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारीले बताए । 

बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनले टेलिभिजन र युट्युब च्यानलमा हेरिदै आएको कमेडी च्याम्पियनबारे झापाली दर्शकको धारणा बुझ्न र प्रत्यक्ष दर्शकसंग बसेर हाँस्य प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गर्न बिर्तामोडको सिटीसेन्टरमा रहेको साई पार्टीप्यालेसमा यहि फागुन ३० गते वुधबार ‘महाकमेडी वीथ महाजात्रा’ गर्न लागिएको बताए ।  कलाकार कमेडियन सुमन कार्कीले  झापाली दर्शक हरुकै अगाडी बसेर प्रस्तुती दिन पाउदा निकै उत्साहित रहेको बताए ।

उनले स्थानियस्तरकै समसामयिक बिषयलाई मिठो कोसेली पस्किने तयारी रहेको र आएका दर्शकलाई निराश बनाएर नपठाउने र उनीहरुले काटेको टिकटको मूल्य खेर नजाने बताए । अर्का कमेडियन कैलाश कार्कीले टेलिभिजनमै देखिरहेको स्वाद अब झापाली दर्शकले मज्जाले लिन पाउने बताए ।  

बिर्तामोडको सिटीसेन्टरमा रहेको साई पार्टीप्यालेसमा यहि फागुन ३० गते वुधबार ‘महाकमेडी वीथ महाजात्रा’ मा कमेडी च्याम्पियनका दीपाश्री निरौला, सुमन कार्की, कैलाश कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, प्रशान्त लामा,सन्तोष थापा,पवन भट्टराई ,सुशान्त बश्याल, पूजान अधिकारी लगायतले प्रस्तुती दिने कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारीले बताए । 

कार्यक्रममा सहभागी हुन रु ५०० को टिकट खरिद गर्न पर्ने र  बिद्यार्थीका लागी आइडी कार्ड देखाएर ५०० मा दुई वटा टिकट पाउने उनले बताए। कार्यक्रमको स्टेजमा गेस्ट को रुपमा ‘महाजात्रा’ का मुख्यकलाकारहरु हरीबंश आचार्य, बिपिन कार्की , बर्षा राउत , रबिन्द्र सिंह बानिया, राजाराम पौडेल , निर्देशक प्रदिप भट्टराई , निर्माता म्याक्स दिपेश खत्री रहने बताइएको छ ।