बिर्तामोड। “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छन् भन्ने उक्तिलाई आत्मसाथ गर्दै झापाका युवा उद्यमीद्वय स्मृति ढकाल र अरूण उप्रेतीले बिर्तामोडमा बुधबारबाट कङ्गारू मोबाइल जोन सञ्चालनमा ल्याएका छन्।
विगत सात बर्षदेखि अस्ट्रेलियामा रहेर कङ्गारू मोबाइल जोन सञ्चालनमा ल्याएका उनीहरुले विदेशमा सिकेको सीप, अनुभव र मेहनतलाई आफ्नै मातृभूमिमा उपयोग गर्ने उद्देश्यका साथ बिर्तामोडको वनस्टप मलमा कङ्गारू मोबाइल जोन सञ्चालनमा ल्याएका हुन्।
कङ्गारू मोबाइल जोनको उद्घाटन ज्येष्ठ नागरिक चन्द्रमाया तिवारी, सीता उप्रेती, लक्ष्मण ढकाल, दुर्गादेवी ढकाललगायतले संयुक्त रूपमा गरेका थिए।
कङ्गारू मोबाइल जोनबाट बिभिन्न नयाँ ब्रान्डेड मोबाइल, दुई बर्षको वारेन्टीसहित प्रयोग गरिएका मोबाइल , मोवाइल एसेसरिज तथा अन्य इलेक्ट्रोनिक सामग्रीहरू उचित मूल्यमा उपलब्ध हुने सञ्चालक अरूण उप्रेतीले बताए।
आफ्नै देशमा केही गर्ने अठोट र सपना बोकेर अस्ट्रेलियाबाट झापाको बिर्तामोडमा कङ्गारू मोबाइल जोन सञ्चालनमा ल्याएका उनले भने- “हामी नेपालमै केही गर्छौं, नेपालकै लागि केही गर्छौं।” सञ्चालक स्मृति ढकालले अस्ट्रेलियाका विभिन्न स्थानमा १६ वटा स्टल सञ्चालनमा ल्याएको बताउँदै अस्ट्रेलियामा बिजनेस गर्दा सिकेको सिपले बिर्तामोड वनस्टप मलमा कङ्गारू मोबाइल जोन सञ्चालन गरेको जनाइन् । अष्ट्रेलियामा रहँदा मोवाइल सम्वन्धी सीप, ज्ञान र व्यावसायिक अनुभव आर्जन गरी मातृभूमिमै त्यसलाई उपयोग गर्ने लक्ष्यसहित बिर्तामोडमा सेवा विस्तारको पहल गरेको उनले बताइन्।
मोबाइल प्रविधि तथा व्यावसायिक सेवाको क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभवसहित स्वदेशमै स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफूहरूले बिर्तामोडमा ग्राहकहरूलाई सन्तुष्ट बनाउने सञ्चालक अरूण उप्रेतीले बताए।
उनले भने - हामीले अष्ट्रेलियामा सञ्चालन गर्दै आएको "कङ्गारु मोबाइल जोन" को सेवा अवधारणालाई स्वदेशमै विस्तार गर्दै उस्तै गुणस्तरीय, भरपर्दो र ग्राहकमैत्री सेवा प्रदान गर्ने योजना बनाएका छौ। हाम्रो उद्देश्य केवल व्यापार मात्र नभई मोवाइल प्रविधिसम्वन्धी सीप विकासमा समेत योगदान पुन्याउनु हो ।
आफूहरूले विदेश जान चाहने तथा स्वदेशमै मोबाइल सीप सिक्ने युवालाई आवश्यक सीप, तालिम तथा व्यवहारिक ज्ञान प्रदान गर्दै उनीहरुलाई सक्षम बनाउने उनको भनाई छ ।
"कङ्गारु मोवाइल जोन" मा नयाँ तथा ब्रान्डेड मोवाइल फोनहरु , ग्यारेन्टीसहित प्रयोग गरिएका मोबाइलहरु ,मोवाइलका व्रान्डेड एसेसरिजहरु ,मोवाइल मर्मत तथा प्राविधिक तालिम सेवा ,सरल, सुलभ र ग्राहकमैत्री मूल्य नीति उपलब्ध रहेको सञ्चालक स्मृति ढकालले बताइन्। ।
"कङ्गारु मोवाइल जोन" मा उद्घाटनको अवसरमा ८ हजारको सामान खरिद गर्दा ८ हजारको एयरबड र २५०० को सामान खरिद गर्दा स्पिन द वीन अन्तर्गत ग्यारेन्टी पुरस्कार उपलब्ध हुने उनले बताइन्।




















