बिर्तामोड ।  झापा शिवसताक्षी –४ वोलोचौक निवासी डा.धर्मेन्द्र कुमार शाहको प्रस्तुति रहेको गीत पहिलो भेटमै नजर जुध्यो  सार्वजनिक गरिएको छ ।

उक्त गीत बैशाख १ गते  नयाँ वर्षको दिन बिहान ८ बजे   डिजिटल डि.एस. नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

डा.धर्मेन्द्र कुमार शाहको शव्द , तोरेम्पा हाङ्गको संगीत र समिर सिटौलाको स्वर रहेको गीतमा राजु कार्कीको एरेञ्ज रहेको छ । त्यस्तै गीतको रेकर्डिङ स्टुडियो किंङमा गरिएको छ ।

बोलोचौक बिकास समितीको आयोजनामा केही समय पहिले भएको शिवसताक्षी अनलाइन सिङ्गिङ कम्पिटिसनमा विजेता भएका प्रतियोगिहरुमध्येका समिर सिटौलाले उक्त गीतमा स्वर दिएका हुन् ।

बोलोचौक बिकास समितीका अध्यक्ष समेत रहेका डा.धर्मेन्द्र कुमार शाहले शिवसताक्षी अनलाइन सिङ्गिङ कम्पिटिसनमा विजेता भएका प्रतियोगिहरुको प्रतिभालाई सम्मान गर्दै गीतमा स्वर दिन लगाइएको बताए ।

उनले आफूले आठ वटा गीत लेखेको र ती गीतहरुमा शिवसताक्षी अनलाइन सिङ्गिङ कम्पिटिसनमा विजेता भएका प्रतियोगिहरुको स्वर रहने बताए ।

लवस्टोरी डान्सिङ गीत पहिलो भेटमै नजर जुध्योले पहिलो भेटमै नजर जुधेपछि हुने अवस्थालाई प्रेमिल ढंगले प्रस्तुत गरेको छ ।

गीतका माध्यमबाट आफ्नो जन्मस्थान र त्यहाँको पर्यटन प्रवद्र्धन गर्दै आफ्ना क्षेत्रमा रहेका नवप्रतिभाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले आफूले गीत लेखेको उनले बताए ।

लामो समयदेखि सामाजिक काममा सक्रिय डा. धर्मेन्द्र कुमार शाहले आफ्नो जन्मदिन पनि सामाजिक कार्य गरेर मनाउँदै आइरहेका छन् । उनी दर्जनौं सामाजिक कार्यमा आवद्ध रहेका छन् ।

पहिलो भेटमै नजर जुध्यो गीत सार्वजनिकका लागी सहयोग गर्ने बोलोचौक बिकास समिती, मानदेव ताजपुरिया, सुमिना लो, मिना नेपाली, राधादेवी महतारालगायतलाई उनले धन्यबाद दिएका छन् ।

गीत हेर्न यो लिङ्क खोल्नुहोला ।  https://www.youtube.com/watch?v=qnqKtzQsRLk