बिर्तामोड। साहित्य चौतारी बिर्तामोड झापा नेपालका पदाधिकारीहरू, सल्लाहकार समितिका सदस्यहरूले अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेर यस बर्षको दशैंलाई विदाई गरेका छन्।
दशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन साहित्य चौतारी बिर्तामोड झापा नेपालका मानार्थ सल्लाहकार, अभिनन्दित श्रष्टा , अभिभावक अग्रज शिक्षासेवी लोकनाथ पौड्यालको हातबाट साहित्य चौतारी बिर्तामोड झापा नेपालका पदाधिकारीहरू, सल्लाहकार समितिका सदस्यहरूले टीका–जमरा, आशीर्वाद ग्रहण गर्दै यस वर्षको दशैंलाई विदा गरेका हुन् ।
झापाको अर्जुनधारा -८ कप्तानबारीस्थित संस्थाका मानार्थ सल्लाहकार पौड्यालको निजी निवासमा आयोजित कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापा नेपालका पदाधिकारीहरू, सल्लाहकार समितिका सदस्यहरूसहित अन्य साहित्यकारहरूले साहित्य चौतारी बिर्तामोड झापा नेपालका मानार्थ सल्लाहकार, अभिनन्दित श्रष्टा , अभिभावक अग्रज शिक्षासेवी लोकनाथ पौड्यालको हातबाट टीका जमरा आशीर्वाद ग्रहण गरेका थिए।
साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा शंकराचार्य पीठ साधुटारका आचार्य लक्ष्मीप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
प्रमुख अतिथि खतिवडाले पानशमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेको कार्यक्रममा एकल संस्कार विद्यालयका विद्यार्थीहरू सिञ्जल भट्टराई र समृद्धि भट्टराईले स्वस्ति बाचन गरेका थिए।
प्रमुख अतिथि खतिवडाले अग्रज शिक्षासेवी संस्थाका मानार्थ लोकनाथ पौड्याल र हेमकला पौड्याललाई टीका जमरा लगाई आशीर्वाद दिएका थिए भने अग्रज शिक्षासेवी संस्थाका मानार्थ लोकनाथ पौड्याल र हेमकला पौड्यालले साहित्य चौतारी बिर्तामोड झापा नेपालका
संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, संस्थापक संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, उपाध्यक्ष हिम्मत नेम्बाङ, शान्ता पौड्याल, सहसंरक्षक तथा महासचिव गौरव श्रेष्ठ, आशा गुरुङ श्रेष्ठ, सचिव तुलसीप्रसाद निरौला, सदस्य मीना अधिकारी, चित्रा पौड्याल, सल्लाहकार अनिरुद्र ओली, हरिनारायण भट्टराई, पूर्व महासचिव भानुभक्त कुभेण्डेली, पूर्व सचिव दिलिप घिमिरे, साहित्यकारहरू कुमार गजुरेल, ज्ञानु बुढाथोकी, लक्ष्मी रिजाल, लीलानाथ खत्री, पत्रकारहरू देवेन्द्रकिशोर ढुंगाना, चतुर्भूज काफ्ले, योगेश खपाङ्गी, परिवारका सदस्य शशीकला पौड्याल, कृष्णा आचार्य, स्थानीय खेमराज गौतम, देविका भट्टराई, डिल्ली ओली, गोमा ओलीलगायतलाई टीका जमरा लगाई आशीर्वादसहित दक्षिणा दिएका थिए ।
कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले साहित्य चौतारी बिर्तामोड झापा नेपालले २०७४ सालको कोजाग्रत पूर्णिमामा राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट टीका जमरा र आशीर्वाद ग्रहण गरेर शुरू गरेको अग्रज श्रष्टाबाट टीका जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परालाई यस बर्ष पनि निरन्तरता दिइएको बताए।
उनले सर्जक र श्रष्टाको सम्मान गर्दै उनीहरूबाट प्रेरणा र आशीर्वाद ग्रहण गर्नु नै संस्थाको सांस्कृतिक र साहित्यिक परम्पराको निरन्तरता भएको बताए।
उनले प्रमुख अतिथि खतिवडा र पौड्याल दम्पत्तिलाई मायाको चिनोसहित कृतज्ञता पत्र प्रदान गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि खतिवडाले नेपाली भाषा, साहित्य, कला,संस्कृति, परम्पराको संरक्षण संवर्द्धनमा साहित्य चौतारी बिर्तामोड झापा नेपालले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै साहित्य चौतारीमा आवद्ध अग्रज सर्जक र श्रष्टाको सम्मान गर्दै उनीहरूबाट टीका जमरा आशीर्वाद ग्रहण गरेर दशैंको कोजाग्रत पूर्णिमालाई मनाउँदा आफूलाई औधी खुशी लागेको बताए।
संस्थाका मानार्थ सल्लाहकार पौड्यालले साहित्य चौतारी बिर्तामोड झापा नेपालका पदाधिकारीहरू, सल्लाहकार समितिका सदस्यहरूले आफ्नो निवासमा आएर आफू र श्रीमतीको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेकोमा आफू गौरवान्वित भएको बताए।
साहित्य चौतारी बिर्तामोड झापा नेपालकी कार्यसमिति सदस्य मिना अधिकारीले कविता वाचन गरेको
कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापा नेपालका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।




















