बिर्तामोड ।   झापाको कनकाई –९ घैलाडुव्वामा  प्रथम झापा जिल्ला स्तरीय आमन्त्रीत बडाध्यक्ष कप कराते प्रतियोगिता हुने भएको छ ।

आदर्श डोजो बादोरियो कनकाई –९ घैलाडुव्वाको आयोजना तथा घैलाडुव्वा युवा क्लव कनकाई –९ घैलाडुव्वाको सहआयोजनामा आगामी असार १ गते शनिबार घैलाडुव्वामा  प्रथम झापा जिल्ला स्तरीय आमन्त्रीत बडाध्यक्ष कप कराते प्रतियोगिता हुने भएको हो ।

झापा जिल्ला कराँते महासंघको समन्वय तथा प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिता सफल बनाउन तयारी तीब्र पारिएको आदर्श डोजो बादोरियो कनकाई –९ घैलाडुव्वाका प्रशिक्षक टीका राजवंशीले बताए ।

  प्रतियोगितामा झापाका बिभिन्न पालिकाका विद्यार्थीको सहभागीता रहने उनले बताए  । प्रतियोगितामा २० केजी तौल समूहदेखि ५५ केजी तौल समूहसम्मका खेलाडी विद्यार्थीले सहभागीता जनाउने उनले जानकारी दिए ।

प्रतियोगिता पुरुष र महिला तर्फका खेलाडीहरुको छुट्टा छुट्टै प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा दुई सयभन्दा वढी  खेलाडीहरुको सहभागिता रहने उनले बताए ।

स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रको लागी खेलकुद भन्ने नाराका साथ उक्त प्रतियोगिता आयोजना गरिएकाले प्रतियोगितामा सहभागी भएर खेलाडीलाई हौसला प्रदान गर्न घैलाडुव्वा युवा क्लव कनकाई –९ घैलाडुव्वाका सचिव कृष्ण शर्मा बेडारीले सबै खेलप्रेमी महानुभावलाई आग्रह गरेका छन् ।