बिर्तामोड  ।  झापा भद्रपुरका इन्द्रप्रसाद ओलीद्वारा लिखित दिव्यदृष्टी पुस्तक बिर्तामोडमा लोकार्पण गरिएको छ  । चेतना नेपाल भद्रपुरले प्रकाशन गरेको यो पुस्तक लेखक ओलीको पांचौ कृति हो ।
चेतना नेपालकी उपाध्यक्ष उशा गुरुङको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक  मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  चेतना नेपालकी सदस्य कल्पना भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा  लेखक ओलीको  व्यक्तित्वको बारेमा श्रव्यदृश्य मार्फत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा दिव्यदृष्टी पुस्तकको समिक्षा गर्दै डाक्टर पुण्यप्रसाद सिग्देलले  लागूपदार्थ दुर्व्यसनबिरूद्दको सक्रिय अभियान कानूनको कार्यान्वयन र सही पहिचान गरे यो साच्चीकै दिव्य कर्म हुने बताए।
उनले सरकारले प्रकाशन गर्नुपर्ने पुस्तक  एउटा व्यक्तिले गरेको बताउदै पुस्तक पठनीय  रहेको र लागूपदार्थ दुर्व्यसनबिरूद्द जुट्न यो पुस्तक लाभदायक हुने बताए।
कमला भट्टराईले गीत प्रस्तुत गरेको कार्यक्रममा अग्रज पत्रकार नकुल काजी, लाइफलाइन हेल्प ग्रुपका अर्जुनकुमार भट्टराई,ह्याप्पी नेपाल, ओली एण्ड एशोसिएट्स, कमला भट्टराईलाई सम्मान गरिएको थियो।
कार्यक्रममा लेखक ओलीले लागूपदार्थ दुर्व्यसनबिरूद्द आफूले गरेको अनुसन्धानको प्रतिफल भएको बताए। उनले लागूपदार्थ दुर्व्यसन नियन्त्रण गर्न जरैदेखि लाग्न सबै जुट्नुपर्ने बताए।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बांस्तोलाले झापामा लागूपदार्थ दुर्व्यसनीको स्थिती सबैभन्दा बढी रहेकाले लागूपदार्थ दुर्व्यसनबिरूद्द जुट्न यो पुस्तक सबैसमक्ष पुर्याउनु पर्ने बताए।
बिर्तामोड नगरपालिकका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पुस्तकलाई बिध्यालयले पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने बताए। कार्यक्रममा कोशी प्रदेशका आन्तरिक  मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले यो पुस्तक लागूपदार्थ दुर्व्यसन नियन्त्रण गर्न उपयोगी र पठनीय हुनुको साथै यसबारे अनुसन्धान गर्नेलाई झनै उपयोगी रहेको बताए।
लागूपदार्थ दुर्व्यसनी पहिचान गर्न  यो पुस्तक लाभदायक रहेको बताउदै उनले लागूपदार्थ दुर्व्यसनबिरूद्द बनेका कानूनलाई कार्यान्वयन गर्नुपर्ने बताए। उनले बिध्यालयस्तरमा लागूपदार्थ दुर्व्यसनबिरूद्द सचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै यसका लागी कोशी प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमको सञ्चालन पत्रकार केशब भट्टराईले गरेका थिए।