बिर्तामोड। उज्यालो नेपाल पार्टी झापा जिल्ला कमिटीको अध्यक्षमा चुडाकर्ण बेघा (क्याप्टेन सिके बेघा) चयन भएका छन्।

  नवगठित कमिटीको उपाध्यक्षमा मनुषा लिम्बु , सचिवमा श्यामकृष्ण पाठक , सह-सचिवमा अन्जना राई,कोषाध्यक्षमा चुडामणि तुम्बाहाम्फे चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा बुद्ध तामाङ,रिया प्रधान, उर्मिला राई,पदम तामाङ,विवेक ताम्ली, चक्र तामाङ, नेत्र खिम्दिङ,बिपिन बजगाई, मोहन खरेल,धनराज गजमेर, मेघराज घतानी , दिपिका भण्डारी,कमला तामाङ,श्रीमाया तामाङ,सन्जु तामाङ,पवित्रा तामाङ, गर्जमान तामाङ,रणबहादुर गुरुङ,कृष्ण बस्नेत,सुबु गुरुङ,सुमन राई,देवीमाया मोक्तान, मनिषा राई, सुनिल लिम्बु, सम मोहम्मद, गणेश लामा,प्रमिला आले,मेघराज कोइराला, सुभाष हिङ्माङ,भक्तिप्रसाद बेघा, लिला गुरुङ, रोशन धिमाल रहेका छन्।
  उज्यालो नेपाल पार्टी झापा जिल्ला कमिटीको अध्यक्षमा चयन भएपछि अध्यक्ष चुडाकर्ण बेघा (क्याप्टेन सिके बेघा)ले उज्यालो नेपाल पार्टी (प्रदेश-१) अध्यक्ष   ए.बी. राज आङ्देम्बेलगायत सम्पूर्ण प्रदेशका  पदाधिकारीलाई धन्यवाद दिएका छन्। 

उनले आफूसहित उज्यालो नेपाल पार्टी  झापा जिल्ला कमिटी टिम चौबिसै घण्टा पार्टीको नियम,निर्देशन र मार्गदर्शनलाई पालना गर्दै जनतालाई हक अधिकार दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।