बिर्तामोड। झापाको बिर्तामोड - ५ मा रहेको गौरवशाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक दिवसीय बाल बचत तथा अभिभावक वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ।
संस्थाको शिक्षा उपसमिति संयोजक दमन्ता दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष लवकुमार चौधरीले सहजीकरण गरेका थिए।
कार्यक्रममा संस्थाका ४५ जना वालबचतकर्ताहरूलाई नि: शुल्क खुत्रुके बितरण गरिएको थियो।
कार्यक्रममा सहभागी वालबचतकर्ताहरूले विभिन्न प्रतिभा देखाएको र उनीहरुलाई संस्थाको तर्फबाट पुरस्कार समेत प्रदान गरिएको संस्थाका व्यवस्थापक बरूण चौधरीले जानकारी दिए।
कार्यक्रममा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी, सल्लाहकार ईन्द्रसिंह राजवंशीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव रूपवति राजवंशीले गरेकी थिइन्।




















