बिर्तामोड। झापाको बिर्तामोड ३ स्थित बिराट बहुद्देश्यीय संस्था लिको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका  केन्द्रीय लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सचिव गणेश ओलीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष शिवाकोटीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले बचत तथा ऋणको कारोबारसहित सामाजिक उत्तरदायित्वका बिबिध कार्यक्रम गरेको बताए।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक केशवराज पाठकले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा ११ हजार १ सय ११ रूपैयाँ राशीको स्व पर्शुराम सिटौला स्मृति पुरस्कार  स्वास्थ्यकर्मी मोहम्मद ताहिर हुसेन मिकरानीलाई प्रदान गरिएको थियो ।
त्यस्तै शेयर सदस्यका छोराछोरी मध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने पाॅच हजार पाॅच नगद राशीको उत्कृष्ट छात्र आयुस उप्रेती,सज्जन प्रसाई, र उत्कृष्ट छात्रा बर्षा न्यौपाने र अपेक्षा आचार्यलाई पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी सात हजार पाॅच सय पाॅच राशीको उत्कृष्ट बचतकर्ता पुरस्कार गुरूभक्त न्यौपानेलाई  र उत्कृष्ट ऋणीको रूपमा लक्षीमा उप्रेतीलाई प्रदान गरियो ।
सात हजार पाॅच राशीको बर्ष उत्कृष्ट कर्मचारी पुरस्कार रीता पौडेललाई प्रदान गरियो ।
कार्यक्रममा प्रमुख अतिथी उप्रेती , सम्मानित ब्यक्तित्व मिकरानी, न्यौपाने, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,  प्रमुख सल्लाहकार उमानाथ ओली,जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का,  राष्ट्रिय सभाका पूर्व सदस्य हरीचरण शिवाकोटीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक रूद्र सिटौलाले गरेको कर्जा तथा सूचना अधिकृत टीका अधिकारीले जानकारी दिए।