बिर्तामोड । मेचे समाज शिवियारी आफात केन्द्रीय समितिको आयोजनामा मेचे जातीको राष्ट्रिय पर्व बैशागु बथर तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
   संस्थाका केन्द्रीय अध्यक्ष बीरेन मेचेको अध्यक्षता तथा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष कमल मेचेले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा बोडो राइटर एकेडेमीद्वारा तयार पारिएको मेचे भाषाको पाठ्यपुस्तकको समेत बिमोचन गरिएको थियो।
    कार्यक्रममा मेचे समाज शिवियारी आफात झापाका कलाकारले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
   कार्यक्रममा मेचे समुदायबाट पहिलो पटक राष्ट्रिय सभामा सांसद भएकोमा राष्ट्रिय सभा सदस्य रोश्नी मेचेलाई सम्मान गरिएको थियो।
   कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी , कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी , मेचे समुदायका चलचित्र नायक, निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, भाषा प्रशिक्षकलगायतलाई सम्मान गरि॓एको थियो।
   कार्यक्रममा प्रमुख अतिथी गुरूङ, राष्ट्रिय सभा सदस्य रोश्नी मेचे,  हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, बिर्तामोड -६  का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , बिर्तामोड -१० का वडाध्यक्ष दुर्योधन गुरुङ , वोडो राईटर एकेडेमीका प्रेसिडेन्ट राजन बशुमथारी, एग्जुकेटीभ मेम्बर प्रदीप स्वर्गाहारी लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा नेपाल र भारतका विभिन्न स्थानबाट आएका कलाकारहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
   कार्यक्रमको सञ्चालन मेचे समाज शिवियारी आफात केन्द्रीय महासचिव कालु मेचे र सचिव महेश मेचेले गरेको अर्जुन मेचेले जानकारी दिए।