बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका वडा नं. ५ धर्मकाटा रोडमा मंगलवारबाट एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे । 

मुख्यमन्त्री कार्कीले आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको प्रर्वद्धन गर्न महोत्सवले मद्यत पुग्ने बताए । 

उनले झापा जिल्ला पर्यटनको प्रचुर सम्भावनाको क्षेत्र रहेकाले एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अवलोकन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई झापाका पर्यटकीय क्षेत्रहरुको जानकारी गराएर भ्रमण गराउन सके पर्यटन पवद्र्धनमा सहयोग पुग्ने बताए । र्

 ेसरकारको नीति र योजना पनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको बताउँदै उनले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्नेमा जोड दिए । 

व्यापार प्रर्वद्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले २०८० साललाई पर्यटन वर्ष घोषणा गरिसकेकाले स्थानीय उत्पादन र स्वरोजगार मुलक उद्यमको प्रर्वद्धनमा  पर्यटन वर्षले थप टेवा दिने जनाए । लगानी सम्मेलन र चिया सम्मेलन समेत गरिने आगामी वर्ष दश करोड भन्दा माथिका सामुहिक योजना सरकारसमक्ष पेश गर्न उद्योगी व्यवसायीलाई उनले गरे । 

कार्यक्रममा बोल्दै खानेपानी सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउने बताए ।  

संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीले उद्योगी व्यवसायीलाई सहजता प्राप्त हुनेगरीको वातावरण तयार गर्न सरकार समक्ष माग गरे । 

 नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सार्क चेम्वर एण्ड कमर्सका उपाध्यक्ष चण्डिराज ढकालले व्यवसाय प्रर्वद्धनका लागि सरकारका तीन वटै तह जिम्वेवार हुनुपर्ने बताउँदै बिर्तामोडको महोत्सवले व्यवसायीहरुको व्यवसाय प्रर्वद्धनका लागि मद्यत पुग्ने जनाए । 

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना मन्तव्य राख्दै बिर्तामोडको महोत्सवले सुस्ताएको व्यापारलाई माथी उठाउन मद्यत मिल्ने बताए । 

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको व्यापार, कृषि, उद्यमशीलता, पर्यटन र स्वरोजगारको क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताए ।  उनले महोत्सव स्थललाई सुरक्षित बनाउन सीसी क्यामेरा, नेपाल प्रहरी , निजी सुरक्षाकर्मीसमेत परिचान गरिने भएकाले ढुक्क भएर महोत्सवको अवलोकन गर्न सबैलाई आग्रह गरे।

   महोत्सवमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको र उक्त ह्याङ्गर २० हजार स्क्वायर फुट, ३० मिटर चौडाई र ६० मिटर लम्वाइको रहेको   ह्याङ्गारभित्र ११८ वटा स्टल रहन सक्ने महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए ।

महोत्सवमा १७० वटा स्टलहरु रहने बताउँदै महोत्सवमा गाडीदेखि गार्मेन्टसम्मका स्टल रहने खेल सामग्री, फुडकोड,सेल्फीजोन समेत रहेको उनको भनाई छ । महोत्सवमा भारत, भुटान, वंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनहरु पाइने उनले बताए।

अलैंची, अदुवा, कुचो, सुपारी, मसला जस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवद्र्धन गर्ने अध्यक्ष न्यौपानेले बताए। महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको  विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको उनले बताए ।

महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने महासचिव कुशल खचिवडाले जानकारी दिए ।

करिव दुई लाखले अवलोकन गर्ने महोत्सवले बिर्तामोडको मात्र नभई कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने  महोत्सव मूल आयोजक समितिका संयोजक विशाल थापाले बताए  । छिमेकी राष्ट्रहरुबाट समेत आएर व्यवसायीले स्टल राख्ने र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको भनाई छ।

महोत्सवमा एकैखाले सामाग्री धेरै भन्दा पनि धेरै खाले सामग्री एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य रहेको र उपभोक्ताले सबै सामग्री एकै ठाउँमा प्राप्त गर्न सक्ने उनको भनाई छ । सबैखाले मापदण्ड पूरा गरेर  आयोजना गरिएको महोत्सवमा सेल्फी जोनदेखि मूलद्वार कलात्मक बन्ने र सबैखाले उमेर समूहका मानिसले मनोरञ्जन गर्न सक्ने व्यवस्थापन मिलाइएको संयोजक थापाले बताए।

हरेक दिन ट्रेण्डिङ्गमा परेका कलाकारको प्रस्तुति रहने छ भने स्थानीय स्तरका मौलिक पहिचान झल्कने विभिन्न कार्यक्रमको आयोजना गरिने भएकाले  महोत्सवमा सबैलाई सहभागी हुन उनले आग्रह समेत गरे।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । मंगलबार बेलुकी गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति रहने बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य डिल्लीराम कोइरालाले जानकारी दिए ।