बिर्तामोड। तेस्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको तयारी गरिएको छ।
बडी ग्यारेज  बिर्तामोड ५ को आयोजनामा आगामी भदौ २७ र २८ गते बिर्तामोडमा तेस्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता हुने भएको हो।
आगामी भदौ २७ गते प्रि जजिङ र भदौ २८ गते प्रतियोगिताको फाइनल गरिने  कार्यक्रम संयोजक  बडी ग्यारेजका सञ्चालक राम दाहालले  बताए।
प्रतियोगितामा ५५ केजी ६० केजी ६५ केजी ७० केजी ७५  केजी र ७५ केजी भन्दा माथीको तौल समूहका खेलाडीहरूको सहभागिता रहने उनले  बताए।
प्रतियोगिताका बिजेता प्रथमलाई ५ लाख, द्वितियलाई ३ लाख, तृतीयलाई २ लाख, चौथो १ लाख, ७५ हजार र  ५० हजार नगद पुरस्कार प्रदान गरिने उनले बताए।
हरेक तौल समूहका द्वितिय हुने खेलाडीहरूलाई प्रति  ५ हजार , तृतीयहुने खेलाडीहरूलाई प्रति ३ हजार  प्रदान गरिने उनले बताए।
यस अघि आफूहरूले प्रदेशस्तरीय प्रतियोगिता गरिसकेको बताउँदै उनले झापाको बिर्तामोडमा पहिलो पटक राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता गरिन लागेको जनाए।
कार्यक्रम संयोजक दीपेन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष आदित्य  पराजुली , सल्लाहकार सुवास भट्टराई, बिर्तामोड उद्योग बाणिज्य संघका कोषाध्यक्ष युवराज निरौला, झापा जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष दीप साउदेन, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलगायतले प्रतियोगिता सफल बनाउने प्रतिबद्धता जनाएका थिए।
सोही कार्यक्रममा प्रज्ञा स्मृति  खुल्ला शारीरिक सुगठन प्रतियोगितामा बडी ग्यारेजबाट सहभागी हुने बिजेता खेलाडीहरू  प्रेम राजवंशी, अभिषेक राजवंशी, हरिष राजवंशीलाई सम्मान गरिएको थियो। 
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गरेको शारदा दाहालले जानकारी दिइन्।