बिर्तामोड । अब विरामीहरुले उपचारका लागि अस्पतालसम्म पुग्नु नपर्ने भएको छ ।  झापाको बिर्तामोडमा जीवनरक्षा होम केयर सञ्चालनमा आएसँंगै अब विरामीहरुले उपचारका लागि अस्पतालसम्म पुग्नु नपर्ने भएको हो । 

 अस्पताल जान नसकेको विरामीलाई २४ सै घन्टा घरमै चिकित्सकीय सेवा दिने उद्देश्यले बिर्तामोडमा जीवनरक्षा होम केयर सञ्चालनमा ल्याएको डा. चेवनराज कार्कीले बताए । आधुनिक युगमा सेवाग्राहीलाई घरमै अस्पतालको सेवा दिन आवश्यकता रहेकोले बिर्तामोडको भद्रपुररोड लिटल फ्लावर्स स्कूलबाट १०० मिटर दक्षिण, मैनाली गेट अगाडि रहेको जीवनरक्षा होम केयरले घरमा बृद्धाबृद्धा तथा बालबालिकाहरु आफंै अस्पताल आउन नसक्ने हुंँदा उनीहरुलाई घरमै गएर  चिकित्सकीय सेवा प्रदान गर्ने उनले बताए । ६ महिना अघिदेखि सञ्चालनमा आएको जीवनरक्षा होमकेयरले हालसम्म १४ सयभन्दा वढी घरमा सेवा दिएको, सात सय ५० जना भन्दा बिरामीलाई स्वास्थ्य सेवा दिएर सन्तुष्ट पारेको र २० जना भन्दा वढी विरामीको सफल उपचार गरेको डा. कार्कीले जानकारी दिए । 

‘हर घरमा अस्पताल’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त संस्थाबाट सहुलियत दरमा प्याथोलोजी सेवा, घरमै डाक्टर तथा नर्सिङ्ग सेवा, अप्रेसन पछिको घरमै सेवा, दीर्घरोगी सेवा, नमुना संकलन सेवा, फिजियोथेरापी तथा डाइटिसियन सेवा, ड्रेसिङ्ग तथा इन्जेक्सन सेवा, नवजात शिशु तथा सुत्केरी स्याहार लगायतका सेवा उपलब्ध रहेको जीवनरक्षा होमकेयरका डाइरेक्टर सदीप बस्नेतले बताए । 

 अस्पतालमा काम गर्दै गर्दा उपचारमा आउने विरामीले घरमा समेत सेवा दिन अनुरोध गरेको र त्यस्ता विरामीको बारम्बार आग्रह आउन थालेपछि केही गर्नुपर्छ भन्ने लागेर जीवन रक्षा होमकेयर शुरू भएको डा. कार्कीको भनाइ छ । 

विशेषज्ञ, मानिसक स्वास्थ्य, पोषण सम्बन्धि परामर्श, नर्सिङ, ल्याब, फिजियोथेरापी लगायतका सेवा दिँदै आएको जीवनरक्षा होमकेयरले आवश्यकता अनुसार मेडिकल सामग्री भाडामा दिने र उक्त सामान बिक्री समेत गर्दै आएको बताइएको छ । 

अब सामाजिक सञ्जालबाट घरमै स्वास्थ्यकर्मी बोलाउन र विज्ञ डाक्टरसँग परामर्श लिन , परीक्षणका लागि घरमै नमुना लिन बोलाउन ,  त्यसपछि विरामीले परीक्षण रिपोर्ट आफ्नो मोबाइलमै पाउने सुविधा पनि आफूह्ररुले प्रदान गर्ने उनको भनाइ छ । 

स्थापनाको छोटो अवधिमा नै जीवनरक्षा होमकेयरले सयौं  विरामीको अनुहारमा खुसी ल्याइसकेको तथा उनीहरूलाई नयाँ जीवन दिएको बताउँदै डा. कार्कीले घरमै गएर विरामीको उपचार गरेर फर्किदा उनीहरूको मुहारमा झल्किने खुसीले आनन्द महशुस भएको जनाए  ।

स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पु¥याउने उद्देश्यले स्थापना गरिएको “जीवन रक्षा होमकेयर” ले  दीर्घरोगी, वृद्धवृद्धा, अपांगता भएका बिरामी तथा अस्पताल पुग्न असहज भएका सेवा ग्राहीहरूलाई लक्षित गर्दै घरमै नर्सिङ सेवा, फिजियोथेरापी, नियमित स्वास्थ्य परीक्षण, औषधि व्यवस्थापन, र डाक्टर परामर्श सेवा प्रदान गर्दै आएको बताउँदै डाइरेक्टर बस्नेतले अनुभवी चिकित्सक र दक्ष स्वास्थ्यकर्मीहरूको टोलीले सेवा पु¥याइरहेका छन्, जसले गर्दा बिरामीहरूलाई घरमै अस्पतालजस्तै सुविधा अनुभूति गराउने लक्ष्य लिइएको जानकारी दिए । 

 जीवन रक्षा होमकेयरका संस्थापक तथा सीइओ डा. चेवनराज कार्कीले संस्था स्थापना गर्नुको उद्देश्यबारे भने – म घरमा एक्लो छोरा हुँ । आमा–बुबाबाट टाढा हुँदा उहाँहरूको हेरचाह गर्न नसक्दा मनमा सधैं एक किसिमको खालीपन महसुस हुन्थ्यो। हाम्रो घरमा पाल्तु जनावर बिरामी हुँदा पशु चिकित्सकहरू घरमै आएर उपचार गर्ने व्यवस्था थियो । तर, जब बुबाआमा बिरामी हुनुहुन्थ्यो—जस्तै सामान्य प्रेसर, सुगर जाँच वा औषधि ल्याउने कुरामा—त्यस बेला कोही सहयोगी पाइँदैनथ्यो  त्यसैले आजको व्यस्त जीवनशैलीमा एक प्रभावकारी समाधानका रूपमा जीवन रक्षा होमकेयर स्थापना गरियो । हाम्रो उद्देश्य– मानिसहरूलाई आफ्नै घरमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो, ताकि उनीहरूले अस्पतालजस्तो अनुभूति घरमै पाउन सकून् । 

जीवन रक्षा होमकेयरले सेवा शुरु गरेको छोटो अवधिमै बिर्तामोड क्षेत्रका बासिन्दाबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको  र यसले आफूहरुलाई अझ काम गर्ने हौसला मिलेको डा. कार्कीको भनाइ छ ।