बिर्तामोड । झापाको बिर्तामोडमा रिभोलुसन एजुकेशनको शाखा सञ्चालनमा आएको छ।
बिर्तामोडको पुरानो भद्रपुररोडमा शनिबारबाट रिभोलुसन एजुकेशनको पांचौं शाखा सञ्चालनमा आएको हो ।
उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिन रिभोलुसन एजुकेशनको बिर्तामोडमा शाखा सञ्चालनमा ल्याएको रिभोलुसन एजुकेशन बिर्तामोड शाखाका सिइओ सन्दीप ओलीले बताए।
सन् २०१४ सालमा काठमाण्डौंको महाराजगंज चक्रपथमा मुख्य कार्यालय स्थापना गरेको रिभोलुसनको काठमाण्डौंको बागबजार , धनगढी र बुटवलमा शाखा कार्यालय सञ्चालनमा रहेको बताउँदै उनले पूर्वका विद्यार्थीहरुलाई लक्षित गरी रिभोलुसन एजुकेशनको पाँचौ शाखा बिर्तामोडमा सञ्चालनमा ल्याएको जानकारी दिए। रिभोलुसन एजुकेशनले अष्ट्रेलिया, अमेरिका , युके र क्यानडा, न्युजिल्याण्ड, कोरियालगायतका देशमा शैक्षिक परामर्श दिएर अध्ययनका लागि पठाउने उनले बताए।
रिभोलुसन एजुकेशनका प्रवन्ध निर्देशक आशिष रायमाझीको अध्यक्षता तथा
नेपाल शैक्षिक परामर्श संघ(इक्यान) का निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले शुभकामना मन्तव्य राखेका थिए भने कमेडी च्याम्पियन सिजन ३ का बिजेता सुनिल खड्काले हास्य प्रस्तुति दिएका थिए।
कार्यक्रमको संचालन रिभोलुसन एजुकेशन बिर्तामोड शाखाका सिइओ सन्दीप ओलीले गरेका थिए ।

















