बिर्तामोडझापाको बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेसन एकेडेमीले कारखाना डे मनाएको छ।
विद्यालयमा अध्ययनरत् कक्षा ५,६ र ७ का विद्यार्थीहरूले ‘कारखाना डे ’ मा बिज्ञान विषयसंग सम्बन्धित सामग्री प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूले बिज्ञान पढेर मात्र होइन गरेर पनि सिक्ने भएकाले न्युटन्स एजुकेसन एकेडेमीले विगत दुई वर्षदेखि ‘कारखाना’ कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले बताए।

यसअघि कक्षा ४, ५ र ६ मा सञ्चालन गरिएको कारखाना कार्यक्रममा कक्षा–४ का बिद्यार्थीहरुको उमेर कम भएर प्रभावकारिता नभएकोले यस बर्ष कक्षा ५, ६ र ७ लाई कारखाना कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए । 

कारखाना कार्यक्रमलाई आगामी दिनमा कक्षा ८ मा पनि सञ्चालन गरिने उनको भनाई छ।

बिद्यार्थीले आफै बसेको ब्रेन्चमा तयार गरेका बिज्ञानसँग सम्बन्धीत सामग्री
अभिभावकको उपस्थितिमा प्रदर्शन गरिएको प्रिन्सिपल हुमागाँईले बताए ।
कारखाना कार्यक्रम अन्तरगत बिद्यार्थीले तयार गरेका बिज्ञान बिषयबस्तुसंग सम्बन्धित सामग्री उनीहरूका अभिभावकहरूले समेत अवलोकन गरेका थिए।

बिद्यार्थीहरुले ती सामग्रीको बारेमा सहभागी अभिभावकहरुलाई जानकारी समेत गराएका थिए ।
पढेको कुरा गरेर सिकौं ज्ञान र सीपलाई व्यहारसँग जोडेर जाऔं भन्ने उदेश्यले बिद्यालयले कारखाना कार्यक्रम सञ्चालन गरेको बताउँदै  प्रिन्सिपल हुमागाँईले
कारखाना कार्यक्रम बिद्यार्थीका लागि अति आवश्यक भएकाले बिद्यालयले यसलाई सञ्चालन गरेको जनाए।
‘कारखाना डे ’ मा न्यूटन्स एजुकेसन एकेडेमीमा अध्ययनरत् कक्षा ५,६ र ७ का विद्यार्थीहरूले प्रदर्शन गरेका बिज्ञान विषयसंग सम्बन्धित सामग्रीहरू राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य सोमनाथ पोर्तेल, विद्यालयका निर्देशक आशिष प्रसाईं, प्रिन्सिपल देवेन्द्र हुमागाईं ‘कारखाना’ कार्यक्रमकी युनिट लिडर डायना केसी, रिजनल कोअर्डीनेटर रितिका श्रेष्ठ, न्यूटन्स एजुकेसन एकेडेमीका कारखाना कोअर्डीनेटर अनिल चाम्लिङ राईलगायतले अवलोकन गरेका थिए।
उनीहरूले विद्यार्थीहरूले प्रदर्शन गरेका बिज्ञान विषयसंग सम्बन्धित सामग्रीहरू अव्वल रहेको र यसले उनीहरूको अन्तर्निहित क्षमता प्रस्फुटन गरेको बताए।

  कार्यक्रमको सञ्चालन न्यूटन्स एजुकेसन एकेडेमीकी शिक्षक पवित्रा पौडेलले गरेकी थिइन्।