बिर्तामोड। राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाको आयोजना तथा संस्थाको बिर्तामोड नगर समिति र बिर्तामोड महिला नगर समितिको सहआयोजनामा बिर्तामोडमा सिरूवा पाव्नी तथा खुल्ला सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
    बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको कार्यक्रम राजवंशी समाज विकास समिति  जिल्ला कार्यसमिति झापाका अध्यक्ष  उत्तमकुमार राजवंशीको अध्यक्षता तथा  कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यमा भएको  थियो।
   राजवंशी समाज विकास समिति बिर्तामोड नगर समितिका अध्यक्ष शिरतलाल  राजवंशी सुमनले  स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा  डोमालाल राजवंशी रङ्गशाला तथा देवीगुठी जग्गादाता फर्काउ सङ्घर्ष समितिका अध्यक्ष  लोकबन्धु  कन्दङ्वा , संस्थाका इटहरी उपमहानगरपालिकाका अध्यक्ष  टंकप्रसाद राजवंशी, मेरो कविता सिजनका सेकेण्ड रनरअप टोलीप्रसाद राजवंशी , संस्थाका केन्द्रीय सल्लाहकार प्रोफेसर डाक्टर एन एल राजवंशी , आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व केन्द्रीय सचिव  कमलप्रसाद राजवंशी , बिर्तामोड नगरपालिकाका उपप्रमुख  नगेन्द्रप्रसाद संग्रौला , संस्थाका केन्द्रीय महासचिव  चन्द्रप्रसाद राजवंशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
   सोही कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले लेखक तथा संकलक लखनलाल राजवंशीद्वारा लिखित पौराणिक सिरुवा कहानी पुस्तक "बतर"माने समय पुस्तकको विमोचन  गरेका थिए।
   कार्यक्रममा राष्ट्रिय कलाकार  बलबहादुर राजबंशी , गायक  प्रजेश राजवंशीलगायतले गीत गाएर सहभागीलाई नचाएका थिए। त्यस्तै  वेस्ट बङ्गाल भारतबाट काम्ताश्री कल्चर सोसाइटी टिमका कलाकार, पञ्चानन् नृत्यगण वेस्ट बङ्गाल भारतका नृत्य टोलीले नृत्य प्रस्तुत गरेर सवैलाई मन्त्रमुग्ध बनाएका थिए ।

   त्यस्तै  राजवंशी युवा परिवार मेचीनगर-१५ ज्यामिरगढीका कलाकारले  स्वागत नृत्य प्रस्तुत गरेका थिए भने  बिर्तामोड- १ नचानुबारिका कलाकारले समेत नृत्य प्रस्तुत गरेका थिए।
   कार्यक्रम सञ्चालन संस्थाका जिल्ला सचिव  सोहनलाल राजवंशी र  संस्थाका बिर्तामोडका सहसचिव  झलक राजवंशीले गरेका थिए।