बिर्तामोड। सतासी बहुद्देश्यीय सहकारी संस्था बिर्तामोड-५ ले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
    संस्थाका अध्यक्ष सन्तोषकुमार श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष शर्मिला अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
   कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रूद्रमणी श्रेष्ठसहित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका निवर्तमान पदाधिकारीहरूलाई सम्मान  गरिएको थियो।
त्यस्तै  कार्यक्रममा आर्थिक बर्ष २०८१/२०८२ मा कारोबारका आधारमा उत्कृष्ट कारोबार गर्ने बालबचतकर्तातर्फ आरसी अधिकारी, अनुष्का सुनुवार, सुदिप फुयाँल, उमंग श्रेष्ठ, रोजिना राजवंशी, कमल पाठकलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
त्यस्तै उत्कृष्ट बचतकर्तातर्फ जसबहादुर विश्वकर्मा,  कोपिला चौहान, सृजना खतिवडा, जसोदा नेम्बाङ, कैलास राउत, दिलमाया वान्तवा र उत्कृष्ट ऋणीतर्फ मंगली माझी, पदमबहादुर अधिकारी, धर्मेन्द्र भट्टराई, जुनु एक्तेन लिम्बू, कासीन राजवंशी, महेश मुखियालाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
त्यसैगरी कार्यक्रममा आर्थिक बर्ष २०८१/२०८२ मा कार्यसम्पादनको आधारमा उत्कृष्ट कार्य गर्ने उत्कृष्ट कर्मचारीतर्फ बित्तिय कर्मचारीतर्फ गरामनी सेवाकेन्द्र प्रमुख बिपना न्यौपाने, बजार प्रतिनिधितर्फ विमला थापा, पसल कर्मचारीतर्फ क्यासियर आशिका कार्कीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा  प्रमुख अतिथी उप्रेती, संस्थाका निवर्तमान अध्यक्ष रूद्रमणी श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक मिलनराज प्रसाईंलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सदस्य सचिव झलेन्द्रप्रसाद दाहालले गरेका थिए।