बिर्तामोड। ग्लोरी अंग्रेजी माध्यमिक विद्यालय बिर्तामोड–४ को ३१ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
विद्यालयका संस्थापक तथा प्रधानध्यापक इन्द्रदेव केरूङको अध्यक्षता तथा प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय इन्चार्ज शशिलकुमार राईले स्वागतसहित बिद्यालयको गतिबिधिका बिषयमा जानकारी गराएका थिए।
कार्यक्रममा प्रमुख अतिथि कार्की, प्याब्सन झापा बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल काफ्लेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सोही कार्यक्रममा २०८० र २०८१ को एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरू साइमन बस्नेत, सरु मगर, नविन गौतम, दिपिका अधिकारी, मोहम्मद अब्बास, पूर्व विद्यार्थी डाक्टर अभिलाशा लिङ्देनलाई नगद ५ हजार रूपैयाँसहित दोसल्ला ओडाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा दीर्घकालीन याेगदान गरेका शिक्षकहरु दुर्गा अधिकारी, सपना गुरुङ साथै बिद्यालय सहयोगी प्रेम न्यौपानेलाई नगद ५ हजार रूपैयाँसहित दोसल्ला ओडाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा बिद्यार्थी अनन्या शाहले मन्तव्य, कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले बिभिन्न जातीय नृत्य, सामूहिक गायन, नृत्य, रेम्प वाल्क, नाटक पश्चताप मञ्चन, फेसन सो, एकल गायनलगायत प्रस्तुत गरेका थिए । कार्यक्रमको सन्चालन शिक्षक पुण्यप्रसाद सुवेदी र विद्यार्थीहरू कृष्टिना ढुङ्गेल,समर हुसेन, दिपिका प्रसाईं र आराध्या खनालले गरेको विद्यालयका ब्यवस्थापक सन्तोष प्रसाईले जानकारी दिए ।




















