बिर्तामोड। रोटरी क्लब अफ मेचीनगरको सन् २०२६\२०२७ को प्रेसिडेन्टमा चयन भएका दिनेश शाक्यले पदभार ग्रहण गरेका छन्।
रोटरी क्लब अफ मेचीनगरको छैटौं पदहस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरको सन् २०२६\२०२७ का प्रेसिडेन्ट दिनेश शाक्यलाई रोटरीका डिस्ट्रिक गर्भनर नोमिनी अमित गिरीले कलर, रोटरी क्लब अफ मेचीनगरकी सन् २०२५\२०२६ को प्रेसिडेन्ट शर्मिला पाठकले गंग ग्यावल र रोटरी क्लब अफ मेचीनगरका चार्टर्ड प्रेसिडेन्ट किशोर क्षेत्री कपिलले चार्टर्ड सर्टिफिकेट प्रदान गरेका थिए।
कार्यक्रममा रोटरीका डिस्ट्रिक गर्भनर नोमिनी अमित गिरीले रोटरी क्लब अफ मेचीनगरको सन् २०२६\२०२७ का प्रेसिडेन्ट दिनेश शाक्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।
कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरको सन् २०२६\२०२७ का प्रेसिडेन्ट दिनेश शाक्यले स्वीकारोक्ति मन्तव्य व्यक्त गर्दै आफ्नो कार्यकालमा मेचीनगरमा डाइलाइसिस मेसिन स्थापनासहित सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने बताए।
कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरको सन् २०२६\२०२७ का प्रेसिडेन्ट दिनेश शाक्यले आफ्नो कार्यसमितिलाई पूर्णता दिँदै शपथ ग्रहण गराएका थिए।
त्यस्तै प्रेसिडेन्ट शाक्यले रोटरी क्लब अफ मेचीनगरको नयाँ सदस्यता प्राप्त गर्ने श्यामप्रसाद न्यौपाने र आशिष संग्रौलालाई शपथ ग्रहण गराएका थिए।
सोही कार्यक्रमकाबिच रोट्रयाक्ट क्लव अफ मेचीनगरको पद हस्तान्तरण गरीएको थियो।
कार्यक्रममा रोट्रयाक्ट क्लव अफ मेचीनगरका सन् २०२५\२०२६ को प्रेसिडेन्ट राज अग्रवालले सन् २०२६\२०२७ का प्रेसिडेन्ट प्रज्जवल भट्टराईलाई पद हस्तान्तरण गरेका थिए।
रोटरी क्लब अफ मेचीनगरको सन् २०२६\२०२७ का प्रेसिडेन्ट दिनेश शाक्यको अध्यक्षता तथा कार्यक्रममा रोटरीका डिस्ट्रिक गर्भनर नोमिनी अमित गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरका सन् २०२६\२०२७ का प्रेसिडेन्ट ईलेक्ट भूमि पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरकी सन् २०२५\२०२६ को प्रेसिडेन्ट शर्मिला पाठकले आफूले गरेका कार्यक्रमहरूको बारेमा जानकारी गराएकी थिइन्।
कार्यक्रममा मानव सेवा आश्रम मेचीनगरलाई दुई विगाह जग्गा निःशुल्क प्रदान गर्ने रामबहादुर प्रधानलाई सम्मान गरिएको थियो।
कार्यक्रममा रोटरी क्लबका एसिस्टेण्ट गर्भनर नवीन गट्टानी, डिस्ट्रिक सेक्रेटरी लक्ष्मण ज्ञवाली ,एडीआरआर रोट्रयाक्टर वाप्पा शाहलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
रोटरी क्लब अफ मेचीनगरका चार्टर्ड प्रेसिडेन्ट किशोर क्षेत्री कपिलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सेक्रेटरी पवित्रा प्रसाईंले गरेकी थिइन्।




















