बिर्तामोड । झापाको बिर्तामोडमा टीभीएस अपाचे आरटीआर १६० फोर भी युयसडी प्रोजेक्टर हेड ल्याम्पको रीजनल लञ्च गरिएको छ।
टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक पाथीभरा अटोलिंक बिर्तामोडले ‘ टीभीएस झापा रक स्टार कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ प्रतियोगितामा टीभीएस अपाचे आरटीआर १६० फोर भी युयसडी प्रोजेक्टर हेड ल्याम्पको रीजनल लञ्च गरेको हो ।
नेपालका पहिलो ड्रमर देब राना,जगदम्बा मोटर्स प्रालिका नेशनल हेड हरी न्यौपाने, पाथीभरा अटोलिंकका सञ्चालक याम कार्की, अमृत पौडेल,दीपेन चौधरी लगायतले टीभीएस अपाचे आरटीआर १६० फोर भी युयसडी प्रोजेक्टर हेड ल्याम्पको रीजनल लञ्च गरेका हुन्।
नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६० फोर भी
सेग्मेन्टमै पहिलो पटक प्रोजेक्टर हेडल्याम्प,युयसडी सस्पेन्सन र ५ इन्चको टीएफटी क्लस्टर रहेको जगदम्बा मोटर्स प्रालिका नेशनल हेड हरी न्यौपानेले बताए। उनले टीभीएस अपाचेले उच्च प्रदर्शन गर्ने मोटरसाइक्लिङ, गतिशीलता, नवीनता र राइडरको भावनालाई प्रतिनिधित्व गर्ने र यसको डिजाइनदेखि प्रविधिसम्मका हरेक पक्षहरू रेसट्र्याकको अनुभवबाट तयार पारिएको बताए।
टीभीएस अपाचे ब्रान्डले नेपालमा विशेष गरी प्रदर्शन, शैली र प्रविधिलाई रुचाउने युवा राइडरहरूमाझ बलियो पकड बनाएको बताउँदै उनले टीभीएस अपाचे आरटीआर १६० फोर भी युयसडी प्रोजेक्टर हेड ल्याम्पको सेग्मेन्ट लिडिङ फिचर्स र रेसिङ प्रदर्शनका कारण यसको लोकप्रियतालाई बढाउने जनाए।
यसको प्रोजेक्टर हेडल्याम्प, युएसडी सस्पेन्सन र टीएफटी क्लस्टरको प्रयोगले समग्र राइडिङ अनुभवलाई उत्कृष्ट बनाउने उनले बताए।
टीभीएस अपाचे आरटीआर १६० फोर भी युयसडी प्रोजेक्टर हेड ल्याम्प
उत्कृष्ट 17.55PS शक्ति, नियन्त्रण र उन्नत प्रविधिको बेजोड संयोजन प्रदान गर्दै रेसिङ इन्जिनियरिङमा आधारित यस मोटरसाइकलले उत्कृष्ट प्रदर्शन गर्नुका साथै तीनवटा राइड मोडहरू स्पोर्ट, अर्बन र रेन जस्ता नवीन विशेषताहरू रहेको उनको भनाई छ।
बिर्तामोडका लागी जगदम्बा मोटर्स प्रालि को आधिकारिक बिक्रेता, पाथिभरा अटोलिंकका प्रबन्ध निर्देशक सजेश शिवाकोटीले टीभीएस अपाचे ब्रान्डले नेपालमा विशेष गरी प्रदर्शन, शैली र प्रविधिलाई रुचाउने युवा राइडरहरूमाझ बलियो पकड बनाएको बताए।
उनले टीभीएस अपाचे आरटीआर १६० फोर भी युयसडी प्रोजेक्टर हेड ल्याम्पको लिडिङ फिचर्स र रेसिङ प्रदर्शनका कारण यसको लोकप्रियतालाई अझ बढाउने जनाए।
यसको प्रोजेक्टर हेडल्याम्प, युयसडी सस्पेन्सन र टीएफटी क्लस्टरको प्रयोगले समग्र राइडिङ अनुभवलाई उत्कृष्ट बनाउने उनको भनाई छ।
१५ वर्षभन्दा बढी समयदेखि टीभीएस अपाचेले नेपाल र बाहिर ६० भन्दा बढी देशका ७० लाखभन्दा बढी राइडरहरूको विश्वास जितेको पाथीभरा अटोलिंकका सञ्चालक याम कार्कीले बताए।
टीभीएस अपाचे आरटीआर १६० फोर भी युयसडी प्रोजेक्टर हेड ल्याम्प मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध रहेको र यसको एक्स-शोरूम मूल्य नेपाली ४ लाख २९ हजार ९ सय तोकिएको कम्पनिका रिजनल म्यानेजर अमृत चौहानले बताए।




















