बिर्तामोड  । ‘ टीभीएस झापा रक स्टार कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ प्रतियोगिताको उपाधी ईलामको  आवाज ब्याण्डले हात पारेको छ  ।
  फाइनलमा प्रतिस्पर्धा गरेका पाँच वटा ब्यान्डमध्ये ईलामको  आवाज ब्याण्डले उपाधी हात पार्दै ५० हजार रुपैयाँ नगदसहित  गिटार, पोर्टफोलियो सुट तथा अफिसियल म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गरेको हो  ।
  त्यस्तै प्रतियोगितामा चारालीको यात्री ब्यान्डले फस्ट रनरअप हुँदै ३० हजार रुपैयाँ नगद, गिटार र पोर्टफोलियो सुट प्राप्त गरेको थियो भने धुलाबारीको जेनुइन ब्यान्ड  सेकेण्ड रनरअप हुँदै २० हजार रुपैयाँ नगदसहित गिटार र पोर्टफोलियो सुट प्राप्त गरेको प्रतियोगिताका मिडिया कोअर्डीनेटर तिलक योञ्जनले बताए।
   अमृत स्टोर, बिर्तामोडको प्रस्तुति तथा एनएसएस इभेन्टको व्यवस्थापनमा यस बर्ष झापा रक स्टारको तेस्रो संस्करण टीभीएस  कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज प्रतियोगिता गरिएको थियो।    फाइनल प्रतियोगिताको निर्णायकहरूमा गितारिष्ट सञ्जीव सुब्बा, दार्जिलिङका गितारिष्ट तथा गायक सहदेव लामा र गायक तथा म्युजिक टिचर अर्जुन दाहाल रहेका थिए।
   टीभीएस झापा रक स्टारका डाइरेक्टर अमृत पौडेलको अध्यक्षता तथा नेपालका पहिलो ड्रमर देब रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा टीभीएस अपाचे आरटीआर १६० फोर भी युयसडी प्रोजेक्टर हेड ल्याम्पको रीजनल लञ्च गरिएको थियो।
  कार्यक्रममा कवी नवराज पराजुली लगायतको प्रस्तुती रहेको थियो। कार्यक्रमको सञ्चालन प्रतियोगिताकी ईभेन्ट डाइरेक्टर सुनिता तामाङले गरेको पीआरओ प्रकाश संग्रौलाले बताए।