बिर्तामोड। क्षितिज साहित्य प्रतिष्ठान झापाको आयोजनामा २१३औं भानुभक्त जयन्ती मनाइएको छ।
क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष तुलसीप्रसाद भट्टराईको अध्यक्षता तथा क्षितिज नाट्य प्रतिष्ठान झापाका केन्द्रीय अध्यक्ष तथा क्षितिज साहित्य प्रतिष्ठान झापाका संरक्षक रंगकर्मी माधव कल्पितको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षितिज साहित्य प्रतिष्ठान झापाका उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
प्रमुख अतिथी कल्पितले साहित्यिक रचना बाचन गरी उद्घाटन गरेको कार्यक्रममा साहित्यकारहरू डिपी शर्मा, विवेक निशानी, दुर्गाप्रसाद सिग्देल, मुक्तिप्रसाद तिम्सिना अस्तीत्व, कृष्णप्रसाद पोखरेल, ताराप्रकाश भट्टराई, युवराज चुडाल, भगवति ढुङ्गेल, शितल खनाल, प्रज्जवल भट्टराई, भोजकुमार मास्के, कृष्णप्रसाद मिश्र, टीकाराम धमला, तुलसीप्रसाद निरौला, हरिप्रसाद भण्डारी, राजन चापागाईं लगायतले साहित्यिक रचना बाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन क्षितिज नाट्य प्रतिष्ठान झापाका महासचिव डिल्लीराम परदेशीले गरेको व्यवस्थापक राजकुमार भट्टराईले जानकारी दिए ।




















