बिर्तामोडआदिवासी जनजाति नेत्रहिन संघ झापाको  अध्यक्षमा भोजकुमार तामाङ निर्वाचित भएका छन्।
संस्थाको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्ष नरेन्द्रकुमार लिम्बू, सचिव हिमाल राई, सहसचिव कविराज कुमाल, कोषाध्यक्ष कौशल्यादेवी गुरुङ रहेका छन्।

 त्यस्तै सदस्यहरूमा रघुलाल ताजपुरिया,बैज्यनाथ गणेश, मञ्जु तामाङ, भीमकुमारी श्रेष्ठ रहेका छन्।
आदिवासी जनजाति नेत्रहिन संघ झापाले बिर्तामोडमा आयोजना गरेको सञ्चारकर्मीहरूसँग साक्षात्कार कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित प्रमाण पत्र वितरण गरिएको थियो।
  आदिवासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षता तथा वरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाकी कोषाध्यक्ष कौशल्यादेवी गुरुङले स्वागत गरेकी थिइन्।
  कार्यक्रममा आदिवासी जनजाति नेत्रहिन संघ झापाका अध्यक्ष भोजकुमार तामाङले सडकमा गीत गाएर जीवनयापन गरीरहेका नेत्रहिनहरूलाई उनीहरूको योग्यता तथा क्षमता अनुसारको रोजगार उपलब्ध गराउन माग गरेका थिए ।
  कार्यक्रममा सल्लाहकार सुमित्रा वाङ्देल चेलीले आदिवासी जनजाति नेत्रहिन संघ झापाको परिचय, गतिविधिसहित विभिन्न सामाजिक कार्य गरेको वताइन्।   कार्यक्रममा संस्थापक सचिव अनिल मुखिया, सल्लाहकार कृष्णकुमार थेवे, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन आदिवासी जनजाति नेत्रहिन संघ झापाका सचिव हिमाल राईले गरेका थिए।