बिर्तामोड। इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले साउनको मेहन्दी ,चुरा ,पोते लगाएर एकआपसमा खुशीयाली साटासाट गरेको छ ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेले इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारीहरुलाई मेहन्दी लगाउनुको साथै हरियो चुरा,पोते उपहारस्वरुप प्रदान गरेकी थिइन् । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारीहरुबीचको माया,सद्भावलाई मेहन्दीको रंगझैै गाढा बनाउन र श्रावणी पर्वको महत्वलाई उजागर गर्न यस्तो कार्यक्रम गरिएको ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेले बताइन् ।
आफ्नो पहिलो कार्यक्रमको रूपमा यस्तो कार्यक्रम गरिएको बताउँदै उनले आफ्नो एक वर्षे कार्यकाल सफल बनाउन सबैको सहयोग अपरिहार्य भएको जनाइन्।
कार्यक्रममा सहभागी इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारीहरुले
यस्तो कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका थिए।




















