बिर्तामोड। उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहनेलाई उत्कृष्ट शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिले बिर्तामोडको हनुमान सेन्ट्रलबाट सेवा शुरू गरेको छ।
  झापाको बिर्तामोड –४ भद्रपुर रोडबाट विगत ११ वर्षदेखि शैक्षिक परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिले घटस्थापनाको अवसर पारेर  हनुमान सेन्ट्रलको तेस्रो तलाबाट  शैक्षिक परामर्श सेवा सुरु गरेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिका बिर्तामोड शाखा प्रमुख कृष्ण खतिवडाले बताए।
  संस्थाको व्यावसायिक विकास, सेवाग्राहीको सहज पहुँच, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा नयाँ व्यावसायिक सम्भावनाको खोजी गर्ने उद्देश्यले  हनुमान सेन्ट्रलको तेस्रो तलाबाट  शैक्षिक परामर्श सेवा सुरु गरेको उनले जानकारी दिए।
 एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिले अस्ट्रेलिया, क्यानडा, अमेरिका र न्युजिल्यान्डलगायतका देशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श तथा आवश्यक सहजीकरण गर्दै आएको  बताउँदै उनले पछिल्लो समय संस्थाले थाइल्यान्ड र जर्मनीका लागि समेत सेवा विस्तार गरेको जानकारी दिए।
  एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालि हनुमान सेन्ट्रलमा स्थानान्तरण भएको अवसरमा  अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) र पीटीईका कक्षामा एक सातासम्म ७० प्रतिशत छुटको व्यवस्था गरेको  बिर्तामोड शाखा प्रमुख खतिवडाले जानकारी दिए।   विदेशमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई भाषा तयारीमा सहुलियत पुग्ने बताउँदै उनले यस अवसरको भरपूर उपयोग गर्न सबै विद्यार्थीहरूलाई आग्रह गरे।
   एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिले बिर्तामोडको हनुमान सेन्ट्रलबाट सेवा सञ्चालन गरेसँगै उच्च शिक्षा अध्ययन गर्न  बिदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा तयारी तथा विदेश अध्ययन प्रक्रियासम्बन्धी सेवा थप सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने बिर्तामोड शाखा प्रमुख  खतिवडाले बताए।

  २०७२ साल असोज २६ गतेदेखि बिर्तामोडको भद्रपुररोडमा सञ्चालन हुँदै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिले विद्यार्थी तथा अभिभावकको विश्वास जित्दै आएको बताउँदै उनले एक्सपोर्ट एजुकेशनको सेवा २४ देशमा विस्तार भएको र  नेपालभर ९० वटा शाखामार्फत सेवा प्रदान गरिँदै आएको जानकारी दिए।